आजः शुक्रबार, मंसिर १२, २०७७

प्रशासन कार्यालयबाट प्रवाह गरिने सम्पूर्ण नियमित सेवा बन्द

कर्मचारीहरुमा कोरोना संक्रमण देखिएपछि अनिश्चित कालका लागि सम्पूर्ण नियमित सेवा बन्द गरिएको हो ।

१५ कार्तिक २०७७,

दैलेख – जिल्ला प्रशासन कार्यालय दैलेख अनिश्चित कालका लागी बन्द गरिएको छ । कर्मचारीहरुमा कोरोना संक्रमण देखिएपछि अनिश्चित कालका लागि सम्पूर्ण नियमित सेवा बन्द गरिएको हो ।

प्रशासनले कार्तिक १६ गतेदेखी अर्को सूचना नभएसम्म अत्यावश्यक कार्यहरु बाहेकका सम्पूर्ण नियमित सार्वजनिक सेवा प्रवाह बन्द रहने सूचना जारी गरेको छ।

कार्यालयका कर्मचारीलाई हुनसक्ने संक्रमणको जोखिमलाई कम गर्न सेवा बन्द गरिएको सूचनामा उल्लेख गरिएको छ ।

हेर्नुहोस सूचना 

 


ताजा समाचार