आजः आइतवार, माघ ९, २०७८

जाजरकोटमा डिजेल बोकेको ट्र्याक्टर दुर्घटना, एक ज्यान गयो

कात्तिक १५, २०७७
जाजरकोट – जाजरकोटमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

आज बिहान सल्यानको सल्लीबजारबाट जाजरकोटको कुशे गाउँपालिका-६ का लागि छुटेको भे १ त ८३१४ ट्र्याक्टर जाजरकोटको छेडागाड नगरपालिका-१० को धारामा दुर्घटना हुँदा कुशे ६ का २४ वर्षका रामबहादुर सिंहको ज्यान गएको प्रहरीले जनाएको छ ।

सल्ली बजारबाट स्थानीय उपभोक्ता समितिमार्फत निर्माण भइरहेको सडक निर्माणमा डोजरको लागि चाहिने डिजेल बोकेर गएको ट्र्याक्टर दुर्घटनामा परेको हो । जाजरकोटमा नेपाल आयल निगमको पेट्रोल पम्प नहुँदा सल्ली बजारबाट तेल ढुवानी गरिँदै आएको छ ।


ताजा समाचार