आजः शुक्रबार, मंसिर १२, २०७७

सुर्खेतमा रेडपाण्डाको छालासहित दैलेखका चार पक्राउ


कात्तिक ६, २०७७
सुर्खेत – सुर्खेतमा दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित चार जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दैलेख नौमुले गाउँपालिका-२ का मनोज विक, नौमुले-३ का मनबहादुर सुनार र पदमबहादुर सुनार तथा नारायण नगरपालिका-९ की सविता थापा रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक गोपाल रायमाझीले जानकारी दिनुभयो ।

उनीहरु वीरेन्द्रनगर(६ गोदाम लाइनमा रहेको भावना पञ्चकोशी होटेलबाट हिजो पक्राउ परेका हुन् । उनीहरुको साथबाट दुई थान रेडपाण्डाको छाला बरामद गरिएको प्रहरी निरीक्षक रायमाझीले बताउनुभयो । उज्यालो


ताजा समाचार