आजः शुक्रबार, मंसिर १२, २०७७

बस दुर्घटना चालकको मृत्यू, १४ यात्रु घाइते

दैेलेख –  सुर्खेतबाट जम्बुकाँध तर्फ जादै गरेको ना।३ ख ५५१९ नम्बरको बस दैलेखको गुराँस गाउँपालिका २ तल्लो डुंगेश्वरमा भएको दुर्घटनामा चालकको मृत्यू भएको छ ।

एक्कासी ब्रेक फेल हुन गई सडकमा पल्टिदा सुर्खेतको बीरेन्द्रनगर नगरपालिका वडा नं. १ का ४० वर्षीय ललित नेपालीको च्यापिएर मृत्यू भएको दैलेखका प्रहरी इञ्चार्ज प्रहरी नायव उपरीक्षक अनुपम श्रेष्ठले जानकारी दिनुभयो ।

घाईते मध्ये ४ जनालाई उपचारको लागी सुर्खेत तर्फ पठाईएको र बाँकीको स्थानिय मेडिकलमा उपचार भईरहेको निजहरुको अवस्था सामान्य रहेको प्र.नि उपेन्द्रप्रसाद आचार्यले बताउनुभयो ।
मृतक ललित नेपालीको घटनास्थलमा लाशजाँच , मुचुल्का समेतको प्रारम्भिक अनुसन्धान गरी शव परिक्षणको लागी जिल्ला स्वास्थ्य सेवा कार्यालय दैलेखमा पठाईएको आचार्यले बताउनुभयो ।थप अनुसन्धान भैरहेको छ ।


ताजा समाचार