आजः शुक्रबार, मंसिर १२, २०७७

विप्लव नेकपाद्वारा स्वास्थ्य सामग्री बितरण

दैलेख-  विप्लव नेतृत्वको ‌नेपाल कम्युनिस्ट पार्टी दैलेखले आज दैलेखका तीन पालिकाहरुमा कोरोना रोकथाम सघाउने स्वास्थ्य सामग्री बितरण गरेको छ ।

आठबीस नगरपालिकाको वडा नं १ सात्तला, वडा नं ६ सिहासैन र ठाँटीकाँध गाउँपालिकाको वडा नं ६ तौलिपाटा आग्र, वडा नं ५ लामामेला वडा नं १ नदाई, शिराडी वडानं ५ को गैरेगाउँ र गुराँस गाउँपालिकाको स्यालभैरीका जनसमुदायलाई सेनिटाईजर र मास्क वितरण गरेको हो ।

विजया दशमी नजिकदै गर्दा जिल्ला वाहिरबाट आवतजावत वढी हुने भएकाले कोभिड १९ जोखिम हुनसक्ने र त्यसवाट जनतालाई वचाउनको यो सहयोग गरेको जिल्ला इञ्चार्ज दिपेन्द्रले जानकारी दिनुभयो ।
नेपाल कम्युनिष्ट पार्टी दैलेखको योजना र अखिल (क्रान्तिकारी) केन्द्रीय सदस्य प्रकाश तिरुवाको पहलमा करिब तीन लाख बराबरको सहयोगमा ती सामग्री वितरण गरिएको बताइएको छ ।
गुराँस गाउँपालीकामा जिल्ला सेक्रेटरी मादुरो, आठबीस नगरपालिकामा कमरेड सुदर्शन तथा प्रकाश र ठाँटीकाँध गाउँपालिकामा कमरेड शँकेत, शरद र प्रतिक्षाको अगुवाइमा बितरण गरिएको थियो ।


ताजा समाचार