आजः आइतवार, कार्तिक ९, २०७७

कर्णाली प्रतिष्ठानको डीन नियुक्तिमा बिवाद, तत्काल नियुक्तिखारेज गर्न माग 

 

 

कर्णाली प्रतिष्ठानको डीन नियुक्तिमा बिवाद, तत्काल नियुक्तिखारेज गर्न माग

प्रतिष्ठानमा दुई डीन कामकाज नपाएर थन्किए, तेस्रो डीन काम छै

 

सुर्खेत । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा गरिएको डीन नियुक्ति बिवाद चर्किदै गएको छ । दुई वटा डीन हुदाँ हुदै अनियमित ढंगले तेस्रे डीन नियुक्ति गरेको भन्दै नियुक्त खारेज गर्न माग गरिएको छ ।

आफ्नो कार्यकाल सकिन पाँच महिना बाँकी रहँदा उपकुलपति डा. राजेन्द्रराज वाग्लेले अनियमित रुपमा डीन नियुक्त गरेको भन्दै चर्को विरोध हुन थालेको हो। यसअघि प्रतिष्ठानमा नर्सिङ डीनका रुपमा सरस्वती गौतम भट्टराई र मेडिसिन डीनका रुपमा रेशमराज राना नियुक्त भइसकेका थिए । फेरी जनस्वास्थ्य संकायको डीन भन्दै मुनिराज क्षेत्रीलाई नियुक्त गरेपछि बिवाद भएको हो ।

यही असोज २६ गते प्रतिष्ठानको सम्पर्क कार्यालय ललितपुरले उनलाई डीन नियुक्त गरेको थियो । अनियमित ढंगले डीन नियुक्त गरेको भन्दै नियुक्ति तत्काल खारेज गर्न प्रतिष्ठानभित्रको कर्मचारी कल्याणकारी समाजले माग गरेको छ। नियुक्ति खारेजको माग सँगै उपकुलपतिलाई प्रतिष्ठानप्रति संवेदनशील बन्न समेत आग्रह गरिएको छ।

काठमाडौंँमा बसेर उपकुलपतिले प्रतिष्ठानप्रति अहित हुने खाले काम गरिरहेको कल्याणकारी समाजका अध्यक्ष रामाकान्त उपाध्यायले तर्क गरे । जागिर कर्णालीको खाने, काम काठमाडौंँमा गर्ने भन्दै समाजका पदाधिकारीले विरोध समेत जनाएका छन् । तत्काल केन्द्रीय कार्यालय जुम्लामा आएर उपकुलपति वाग्लेले काम गर्नुपर्ने उनीहरुको खावी छ ।

आज साँझसम्म अनियमित रुपमा गरिएको डीन नियुक्त नसच्याए थप दवाबका कार्यक्रम गर्ने तयारी छ । २४ घण्टाभित्र प्रतिष्ठानप्रति उपकुलपति जिम्मेवार नभएको खण्डमा कडाभन्दा कडा आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने र उपकुलपतिहरूको सामुहिक राजिनामा मागिने कर्मचारी कल्याणकारी समाजले जनाएको छ ।

हाल प्रतिष्ठानका दुई डीन कामकाज नपाएर थन्किएका छन्। तर कोरोना माहामारीको अवस्थामा आर्थिक भार बढाउने गरी मनपरी रुपमा डीन नियुक्त गर्नु राम्रो नभएको सरोकारवालाको भनाइ छ । ठुल्ठूला प्रतिष्ठानमा एउटै डीनले काम गरिरहेको बेला कर्णाली प्रतिष्ठानमा तीनवटा डीन नियुक्त गरेर आर्थिक भार बढाउन खोजेको कर्मचारीहरूले बताएका छन्‌।

नियुक्त भएका डीनलाई प्रतिष्ठानको काममा प्रभावकारी रुपमा खटाउन र नयाँ नियुक्त गरिएका डीनलाई फिर्ता गर्न दवााब दिईएको हो । ऐनले उपकुलपतिलाई डीन नियुक्त गर्ने अधिकार दिएपनि एउटा प्रतिष्ठानमा तीन जना डीन आवश्यक नभएको कर्मचारीको दावी छ ।

यसअघि नै अख्तियार, शिक्षा र स्वास्थ्य मन्त्रालयले काठमाडौं सम्पर्क कार्यालय हटाउन निर्देशन दिएपनि उपकुलपतिको अडानमा नहटेको भन्दै कर्मचारीले आक्रोश पोखेका छन्। सम्पर्क कार्यालयबाटै उपकुलपतिले अनैतिक क्रियाकलाप गरिरहेको आरोप लगाउदै विस्तारै फर्दाफाँस हुने प्रतिष्ठानका कर्मचारीको भनाइ छ । आफ्नो कार्यकालको अवधिमा अधिकांश समय काठमाडौंँ बसेका उपकुलपति वाग्ले जुम्लामा कहिलेकाही मात्र आउने गरेको खुलेको छ ।साभार नेपाली रैबार

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 


ताजा समाचार