आजः आइतवार, कार्तिक ९, २०७७

५८ वर्षपछि भेटियाे हराएकाे ११ नम्बर सीमास्तम्भ

 

 

 

 

 

हुम्ला । उत्तरी छिमेकी मुलुक चीन र नेपाल बीचको सिमानामा राखेको ११ नम्बरको सिमा स्तम्भ राखेको ५८ वर्षपछि फेला परेको छ । सिमा प्रहरी चौकी हिल्सादेखि ७ घण्टाको पैदल दूरीमा हराएको ११ नम्बर पिल्लर बुधबार दिउँसाे सिमास्तम्भ टाेलीले फेला पारेकाे हाे ।

टाकुले लेकको खोचमा हिउँसँगै दबेर रहेको ढुंगाजस्तो बस्तु देखेपछि सुरक्षाकर्मीले माटो र हिउँ पञ्छाएर हेर्दा त ११ नम्बर सिमास्तम्भ भेटाएका छन् । नाम्खा गाउँपालिका–६ लाप्चाको लोलुङजोङ क्षेत्रमा चीनले निर्माण गरेका भवनको विषयमा हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरिञ्जिवी गिरीकाे टाेली स्थलगत अध्ययन गर्न गएको थियाे ।

 

तस्वीर साैजन्य पत्रकार नवराज महतरा हुम्ला

सिमास्थम्भ नाम्खा गाउँपालिका ६ टाकुलेमा भेटिएको जिल्लाका सुरक्षा अधिकारीलाई उदृत गर्दै नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर तामाङले जानकारी दिए । उनका अनुसार ११ नम्बर सीमास्तम्भ सीमा प्रहरी चौकी, हिल्साभन्दा माथि करिब पाँच हजार दुई सय मिटर उचाइमा भेटिएको हो ।

 

तस्वीर साैजन्य पत्रकार नवराज महतरा हुम्ला

लोलुङजोङमा चीनियाँ अधिकारीसँगको वार्ता सफल नभएपछि प्रमुख जिल्ला अधिकारी गिरी नेतृत्वको टोली ट्याक्टरमा हिल्सा गएको थियो । ११ नम्बर सिमास्थम्भ हराएकाले नेपाल र चीनसँगको सिमाना विवाद पटकपटक दोहाएको निचोडमा पुगेको सुरक्षा अधिकारीको टोलीले त्यसको खोजिलाई अन्तिम लक्ष्य मान्दै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका सुरक्षाकर्मीलाई सिमानामा दुई टोली बनाएर खटाएको थियो ।

सिमा प्रहरी चौकी हिल्सामा रहेका एक सुरक्षा अधिकारीका अनुसार चारवटै सुरक्षा निकायका सुरक्षाकर्मी, नाम्खा गाउँपालिकाका प्रतिनिधि र केही स्थानीयहरुको अथक प्रयासमा तीन दिनको खाेजविनले हराएको पिल्लर फेला परेको हो ।

साभार नेपाली रैबार


ताजा समाचार