आजः आइतवार, कार्तिक ९, २०७७

वामदेव गौतम राष्ट्रिय सभा सदस्यमा मनोनित


असोज १, २०७७

काठमाण्डौ – राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्नुभएको छ ।

गएको सोमबारको मन्त्रिपरिषद्को बैठकले गौतमलाई मनोनयनको लागि सिफारिस गरेअनुसार बिहीबार राष्ट्रपति भण्डारीले गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्नुभएको प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिनुभयो ।

राष्ट्रिय सभामा राष्ट्रपतिले नियुक्त गर्ने तीन जना सदस्यमध्ये डाक्टर युवराज खतिवडाको कार्यकाल भदौ २० गते सकिएपछि पद रिक्त रहेको थियो । रिक्त रहेको पदमा नेपाल कम्युनिस्ट पार्टीले २०७४ सालको चुनावमा बर्दियाबाट पराजित हुनुभएका वामदेव गौतमलाई सदस्य बनाउने निर्णय गरेको थियो ।

 


ताजा समाचार