आजः आइतवार, अशोज ४, २०७७

सुर्खेतमा काठ तस्कर बढ्न थाले……

 

 

 

 

सुर्खेत । पश्चिम क्षेत्रमा काठ तस्करी बढ्न थालेपछि प्रहरीले गस्ती बढाएको छ । पछिल्लो एक महिनाको अवधिमा झण्डै एकहजार बढी अवैध काठ बरामद गरेपछि ईलाका प्रहरी कार्यालय बावियाचौरले वन क्षेत्रमा विशेष गस्ती बढाएको हो ।

 

 

पञ्चपुरी नगरपालिका क्षेत्रमा रहेका सामुदायिक वनमा दैनिक काँचो सालको काठ काट्ने र वनमै चिराना गरेको विशेष सूचनाका आधारमा प्रहरीले निगरानी बढाएको हो । शुक्रबार मात्रै बावियाचौरबाट खटिएको प्रहरीको टोलीले पञ्चपुरी–२ स्थित शिव सामुदायिक वनबाट एकसय ४८ क्युविक चिराना र चिर्न तयारी अवस्थामा राखिएको काठ बरामद गरेको छ ।

 

 

 

ईलाका प्रहरी कार्यालय बावियाचौरका निमित्त प्रहरी नायव निरीक्षक रामसिंह विष्टको कमाण्डमा गएको टोलीले काठ बरामद गरेको हो । प्रहरीले काठ तस्करहरुलाई भने फेला नपारेको जनाएको छ ।

 

याे पनि पढ्नुहाेस् : पश्चिम सुर्खेतमा सलवलाए काठ तस्कर, एकै महिना नौसय क्यूविक काठ बरामद

 

 

 

चिरान गरेको र चिर्न तयारी अवस्थामा बरामद भएको काठ पञ्चपुरी सब–डिभिजन कार्यालय बावियाचौरका फरेस्टर गोविन्द बुढालाई बुझाइएको छ । कोरोना महामारीमा सबैको ध्यान कोरोना नियन्त्रणमा कसरी जुध्ने भन्नेमा केन्द्रीत हुँदा वन क्षेत्रमा तस्करहरु सलवलाएको वन संरक्षणकर्मी बताउँछन

 


ताजा समाचार