आजः शनिबार, मंसिर १३, २०७७

दैलेखमा दुई गोरु काट्ने पक्राउ

बारीमा बाँधिएका गोरु काट्ने दुई पक्राउ

प्रकाशित मितिः २०७७ भाद्र २६, शुक्रबार

दैलेख। बारीमा बाधिँएका गोरु काट्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । दैलेखको भैरवी गाउँपालिका–२ रावतकोटका सोविन थापाका बारीमा बाँधिएका गोरुको खुट्टा र मुख काट्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सोही ठाउँका राजु विष्ट र अर्का एकलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय दुल्लुका प्रहरी निरीक्षक हिक्मत बोहोराले जानकारी दिए । ‘घटना बारे अनुसन्धान गरिरहेका छौं’ बोहोराले भने, ‘यस बारेमा अहिले नै केही भन्न सकिदैन्, बाँकी अनुसन्धानका क्रममा खुल्छ हामीले अनुसन्धान गरिरहेका छौं ।’

पीडित थापाकाअनुसार विहान घाँस हाल्न जाँदा रक्ताम्मे अवस्थामा काटिएको अवस्थामा गोरु भेटिएका थिए । ‘गोरुको गएराती नै खुट्टा र मुख काटिएको हुनुपर्छ विहान मात्रै यसबारे थाहा भएको हो’ थापाले भने, ‘विहान गाउँपालिका र प्रहरीलाई खवर गरेपछि दुई जनालाई प्रहरी चौकी सिलङ्गी लगिएको छ ।’

दुई वर्षअघि नै सामान्य विवाद भएको बताएका थापाले बिहीबार दिउँसो पनि गोरुका विषयमा विवाद भएको जनाए । सामान्य विवादका कारण विष्टले नै गोरु काटेको आरोप थापाको छ ।

के छ कानुनी व्यवस्था ?
मुलुकी अपराध संहिता, २०७४ काे परिच्छेद २७ काे पशुपक्षी सम्बन्धी कसूरकाे दफा २८९ मा गाई, गोरु मार्न वा कुट्न नहुने उपदफा एकमा कसैले गाई वा गोरु मार्ने वा कुनै चोट पु¥याउने नियतले कुनै काम नहुने उल्लेख छ ।

साथै, उपदफा २ मा उपदफा एक बमोजिमको कामबाट कुनै गाई वा गोरु मर्न गएमा त्यस्तो कसूर गर्ने व्यक्तिलाई तीन वर्ष सम्म कैद हुने व्यवस्था छ । साथै, उपदफा तीनमा कसैले गाई वा गोरुलाई कुटी अङ्गभङ्ग पारेमा निजलाई छ महिनासम्म कैद र अन्य चोट पु¥याएमा पचास हजार रुपैयाँँसम्म जरिबाना हुने पनि उल्लेख छ ।


ताजा समाचार