आजः आइतवार, अशोज ४, २०७७

गीत संगीतमा आफ्नो पहिचान बनाउँन सफल गायक जिसी

२०७७ भदौ १४

दैलेख – गीत संगीतमा आफ्नो पहिचान बनाउँन सफल भएका छन् गायक लोकेन्द्र जिसी कुमार । पछिल्लो समयमा नेपाली गीत संगीत क्षेत्रमा नयाँ कलाकारहरु आउने क्रम जारी छ। हुने विरुवाको चिल्लो पात भने झैं उदारणका पात्र बनेका छन् गायक जिसी ।

लोकगीत बास्तवमा युवा युवतीदेखि वृद्ध वृद्धासम्म सबैको मन मुटुमा बस्न सफल भएको हुन्छ । यस्तै सानैदेखि गीत संगितमा रुचि राखेका गायक, रचनाकार , संगितकार , मोडल र निर्देशक लोकेन्द् जिसी ( कुमार )पछिलो समयमा लोकप्रिय बन्दै गएका छन् ।

पेशाले शिक्षक भए पनि बर्षे विदाको अवसरमा काठमाडौं गएर गीत संगीत रेकर्डिङ गर्छन् जिसी । गीत संगीत भन्न बित्तिकै हुरुक्क हुने कलाकार जिसी फुर्सदको समयमा आफुले गीतहरु बजारमा ल्याएको बताए ।

दैलेखबाट कलाकारिता क्षेत्रमा लाग्न निकै गाह्रो छ । बाल्यकालदेखि नै गीत संगित क्षेत्रमा रुचि राखेका जिसी दुस्ख गरेपछि मेहेनतको फल एकदिन अवश्य मीठो हुन्छ भन्नेमा बिश्वास राख्छन् । स्थानीयदेखि राष्ट्रियस्तरका महोत्सवहरुमा आफ्नो सुरीलो गायन कण्ठले हजारौंलाई मन्त्रमुग्ध पारेका छन् उनले ।

कस्तो माया लाएँ‘ बाट सांगीतिक क्षेत्रमा प्रवेश गरेका जिसीको पछिल्लो समयमा आफ्नै लय, शब्द र स्वरमा माया गर्ने मुटुलाई रेटिसक्यौ, तिमी जस्ती नक्कली मोरी, रुमाल मोहोनी, रानी महलैमा लगायत ४ दर्जनभन्दा बढी लोकगीत बजारमा आइसकेका छन् ।


ताजा समाचार