आजः आइतवार, अशोज ४, २०७७

सदरमुकाम गमगढीमा सलह किरा छ्यापछप्ति 


साउन २६ मुगु
हिमाली जिल्ला मुगुका स्थानीय तह सँगै सदरमुकाम गमगढी बजारमा यति बेला सलह किराको प्रवेशले छ्यापछप्ति भएका छन् ।
सलह किरा पुन मुगुमा प्रवेश गरेको छ । पाकिस्तान बाट भारत हुँदै नेपाल प्रवेश गरेको सलह किरा अहिले हिमाली जिल्ला मुगुमा फैलिँदै गएको छ ।

कर्णालीका दैलेख, रुकुमपश्चिम, सल्यान, जाजरकोट हुदै छिमेकी जिल्ला जुम्ला हुदै आएको सलहको झुण्डो हिजो आज जिल्लाको छायानाथ रारा नगरपालिका वडा नं १० का पापु , रोवा , लगायत सदरमुकाम गमगढी बजारमा देखिएको छायानाथ रारा नगरपालिका वडा नं १० का स्थानीय कृषक कर्ण बहादुर रावलले जानकारी दिए ।

सलहकिरा मुगुमा प्रबेश गरे पछि यहाका किसान भने चिन्तित बनेका छन् । सो किरा हाल नगरका वडा नं १० लगायत अन्य स्थान्ीय तह खत्याड गाउपालिकाको रोल गाउ , सोरु गाउका केही स्थानहरुमा देखा परेको जिल्ला कृषी विकास कार्यालय मुगुका कार्यालय प्रमुख पञ्चलाल बुढाले बताए । उनका अनुसार वडाहरुमा देखिन थालेको बताए ।

हिमालको काख नजिकै रहेको यो जिल्लामा सलह किराले प्रवेश गरे पछि विशेष गरेर मकै, आलु बालीमा बढि क्षतिगर्ने बिज्ञहरुको भनाई रहेको छ । नगरपालिकाको रोवागाउमा प्रबेश गरेको सलहले वडा न १० मा आलु मकैका बोट बिरूवा, घासमा बसेर खान सुरू गरेको स्थानीय किसानहरुको भनाई रहेको छ । सलह बाट अन्नबाली मात्र नभएर बोट बिरूवामा समेत क्षति बनाउने प्रहरीले जनाएका छन् ।

सलह किरालाई नियन्त्रणमा लिन जिल्ला कृषि विकास कार्यालय मुगुले विभिन्न ठाउबाट कदम चालेको जनाएको छ । यस अगाडी खत्याड गाउपालिकामा पनि सलहकिराले प्रवेश गरेको थियो ।


ताजा समाचार