आजः आइतवार, अशोज ४, २०७७

सुनको मुल्य बढे पनि ग्राहक आउन छाडेनन् 

 


साउन २५ मुगु

नेपालमा सुनको मुल्य दैनिक उकालो लाग्दै गएपछि व्यापार पनि उत्तिकै ओरालो लाग्दै गएको छ । हिन्दु नारीहरुको महान चाड हरितालिका तिज लाई लक्षित गरि सुनको व्यापार बढ्नु पर्नेमा सुन मंहगीएपछि ग्राहक घट्दै गएको सुनचाँदी व्यवसायी महासंघ मुगुले जनाएको छ । मुगुमा रहेका १ दर्जन बढि सुनचाँदि व्यवसायीहरु सुन मंहगीएपछि यति बेला सुन व्यावसायि निरासमा रहेका छन् ।

प्रत्येक दिन लाखौको कारोबार गर्ने मुगुका राजु सुन चाँदी पसल , राजकुमार सुन चाँदी पसल , कालिका मालिका सुन चाँदी पसल लगायतका पसलहरूमा यतिबेला सुन महँगिए पछि व्यापार घट्दै गएको राजकुमार सुन चाँदीका सुन व्यावसायि रामकुमार सुनारले बताए ।

उहाका अनुसार ग्राहक आउने मुल्य सुने पछि ईनारमै खसेको जस्तै महसुस गरेको सुनारले जानकारी दिए । यता राजु सुन चाँदीका प्रोपाईटर राजु सुनारका अनुसार सुन महंगीए पछि व्यापार घाटामा परेको बताए ।

सुनारका अनुसार यो समयमा सुनको मुल्य बढे पनि ग्राहक भने आउन नछोडेको जानकारी दिए ।

गत वर्ष पनि तीजकै समयमा तोलमा ७५ हजार सम्म थियो त व्यापार शुन्य भएको थियो भने यस वर्ष शनिवार सम्मको मुल्य तोलामा १ लाख ५ हजार सम्म रहेको उनको भनाई छ ।

उनले भने तीज नजिकीदै छ , ग्राहक आएपनि सानो गहनाका लागि पनि घण्टौ बार्गेनिङ गर्नु पर्दछ । कति त महंगो भन्दै अर्डर दिएका गहना समेत छोडेर व्यवसायीले बताएका छन् ।

पहिला दैनिक दिनमा दुई लाख देखि ३ ला सम्मको व्यापार हुन्थ्यो अहिले दैनिक २० देखि ३० हजार सम्म व्यापार हुने गरेको सुनारले बताए । उनका अनुसार सुन त महंगो भएको छैन तर नेपाल सरकारले जारी गरेको लकडाउन अर्थात बन्दाबन्दिले गर्दा सुनको भाउ बढेको जानकारी दिए ।

त्यसैले पनि सुनको मुल्य आकासिँदा सामान्य नागरिकलाई कुनै फरक नपरेको उनको भनाई छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढेसँगै त्यसको प्रत्यक्ष प्रभाव स्थानीय बजारमा पर्न गएको हो ।

छायानाथ रारा नगरपालिका वडा नं ७ तलि घुईरकि देविसरा नेपाली राजकुमार सुनचाँदी पसलमा सामान्य नाकको नथिया बनाउन आउनु भएको थियो ।

तर त्यहि १ लालको टुक्की लाई पनि १० हजार देखि १५ हजार सम्म मूल्य पर्ने होकि भनि उनीलाई चिन्ता लागेको थियो । हामि गरिव , दलितका महिला हौ , हामि लाई कुनै पनि आयस्रोत छैन , कसरी हामिले सुन लगाउन पाउला , नाम सुन्दा त आकासै बाट झरेको जस्तो लाग्छ , धनिमुनिहरु लाई यस समयमा सुन लगाउन मिल्ला तर हामि लाई सुन त के नुन पाउन पनि गाह्रो पर्ने नेपालीले बताईन ।

अब त धनिका दिन आए हामि गरिबका दिन कहिले आउलान सुनको नाम सुनेर चित्त बुझाउनु बाहेक अरु केही पनि छैन ।


ताजा समाचार