आजः आइतवार, अशोज ४, २०७७

ट्युसनको बहानामा धमाधम कक्षा संचालन 

निजि विद्यालयको मनपरी

साउन २४

मुगु  – हिमाली जिल्ला मुगुमा ट्युसनको बहानामा धमाधम कक्षा सञ्चालन गरेको पाईएको छ । सरकारले कोरोना संक्रमण फैलने भन्दै दुई वा दुई भन्दा बढी मानिस भेला,जमघट हुने कार्यक्रम तथा काम नगर्न भनेको भएपनि मुगुमा यसको नियम विपरित भएको पाइएको हो ।

गत चैत ११ गतेबाट लगाउदै आएको लकडाउन अर्थात बन्दाबन्दिका बिच साउन ६ गते मध्यबाट केही अनौपचारिक रुपमा अन्त्य गरेता पनि सिमित कामहरु संचालनका लागी खुकुलो पारिनुका साथै शैक्षिक सस्था,व्यापारिक केन्द्र,सिनेमा हल कलेज,टयुसन सेन्टर,तालिम केन्द्र,तालिम,सभा,गोष्टी,भेला,सम्मेलन जस्ता बढी मानिस जमघट हुने कार्य संचालन गर्न सरकारले अनुमती दिएको छैन तर मुगुका केहि निजी शैक्षिक सस्थाहरुले सरकारको विद्यालय संचालनको निर्णय नै नहुदै आफुखुशी ट्युसनका नाममा विद्यार्थी बोलाएर धमाधम कक्षा संचालन गर्ने गरिएको पाईएको छ ।

जिल्ला सदरमुकाम गमगढीमा रहेका थापा मेमोरियल बोडिङ्ग स्कुल , रारा डाईनामिक ईग्लिस बोडिङ्ग स्कुल , नाउर बोडिंग स्कुल र समता स्कुलले ट्युसनका नाममा कक्षा संचालन गरेको पाईएको छ ।

सरकारले भदौ १ गतेबाट विद्यार्थी भर्ना लिने भने पनि कक्षा संचालन बारे कुनै निर्णय नगरिरहेको अवस्थामा यहाँका निजी विद्यालयहरुले आफु खुशी ट्युसन पढाई कक्षा संचालन गरिरहेका छन ।

साना बालबालिकालाई कारोना बारे जानकारी नभएपनि अविभावकहरुले आफना बच्चाहरुको स्वास्थ्य भन्दा पढाईलाई प्राथमिकता दिएपछि बालबालिकाको स्वास्थ्य माथी विद्यालय,शिक्षक र आमाबाबुहरुले खेलवाड गरेको देखिन्छ ।

एक अविभावकले नाम नबताउने सर्तमा भने कोरोना बारे आफुहरुलाई जानकारी भएपनि विद्यालयहरुले स्वास्थ्य सुरक्षा अपनाई कक्षा संचालन गर्ने बताएपछि आफना छोरा छोरीहरुलाई पढन पठाएको र विद्यालयमा भेडा राखे झै राखिएको पाईएकाले अब विद्यालयमा पढन नपठाउने बताउनु भयो ।ट्युसनका नाममा कक्षा संचालन भैरहेका विद्यालयहरुमा नत मास्क प्रयोग गरिएको छ न त सामाजिक दुरीको पालना विद्याथीहरुलाई एउटा कक्षा कोठामा जम्मा गरेर पढाउने गरिएको छ ।


कोहि कसैमा कारोना संक्रमण भए सबै विद्यार्थीमा फैलने जोखिमका रहेको छ । सरकारको निर्णय विना विद्यालय लागायत धेरै मानिस जमघट हुने काम संचालन नगर्न सार्वजनिक सुचना गरिएको भएपनि सुचनाको वेवास्ता गदै केहि निजी विद्यालयहरुले कक्षा संचालन गरिरहेको जानकारी आएकाले स्थानिय सरकार अन्तरगतका शिक्षा शाखा, जिल्ला शिक्षा तथा समन्वय ईकाई र सामाजिक विकास कार्यालयहरुलाई जानकारी गराई त्यस्ता कार्य गर्ने विद्यालयलाई आवश्यक कारवार्ही अगाडी बढाउन निर्देशन दिने प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपत व्यवस्थापन समितीका संयोजक कृष्ण कुमार निरौलाले बताउनु भयो ।

छायाँनाथ रारा नगरपालिका भित्रका केहि निजी विद्यालयहरुले टियुसनका नाममा कक्षा संचालन गदै आएको जानकारी पाएर मौखिक रुपमा सरकारको निर्णय विना कक्षा र विद्यालय संचालन नगर्न अनुरोध गरेपनि निजी विद्यालयहरुले अटेरी गरेकाले अब पत्र नै काटेर कक्षा संचालन रोक्न लगाउने र त्यसो गर्दा पनि अटेरी गरे नगर शिक्षा ऐन, नियमावली र स्थानिय सरकार संचालन ऐन २०७४ ले दिएको अधिकार प्रयोग गदै कारवार्ही अघि बढाउने छायाँनाथ रारा नगरपालिका शिक्षा शाखा प्रमुख खड्क बहादुर रोकाया जानकारी दिए ।


ताजा समाचार