आजः मङ्लबार, साउन २७, २०७७

तिन करोड मध्ये १ करोड बढि फ्रिज

 

साउन १६ मुगु

जिल्लाको छायानाथ रारा नगरपालिकाका विभिन्न वडाको विकासका लागि आएको रकम खर्च हुन नसकेर करोडौ रकम फ्रिज गएको पाईएको छ ।

छायानाथ रारा नगरपालिका वडा नम्बर ४ ले सार्वजनिक सुनुवाई गर्दै वडाको विकासका लागि आएको २ करोड ७८ लाख ६० हजार आएको विकास रकम लगानी हुन नसकेर १ करोड १६ लाख ५ हजार ७ सय ९० रुपैयाँ फ्रिज भएको हो ।

छायानाथ रारा नगरपालिका वडा नं ४ भामवाडा रुली सिचाईका लागि नगरपालिका मार्फत सशर्तमा आएको २५ लाखको ११ लाख, ऋणीमोक्क्ष पर्यटकिय पद मार्गका लागि २५ लाखको २२ लाख , बुका खोला तटबन्धनको ६० लाखको ५५ लाख, दोबाटो बस्ति तटबन्धन ३० लाखबाट २७ लाख मात्र खर्च भएको पाईएको छ ।

त्यस्तै भामवाडा खानेपानीका लागि खानेपानी कार्यालयबाट आएको ४ लाख ८० हजार मध्य ४ लाख, भामबाडा खेल मैदान निर्माणका लागि आएको ६५ लाखको १५ लाख ६५ हजार, ७ सय १० रुपैयाँ मात्र खर्च भएको छ ।

त्यस्तै रुमड्की गोरेटो बाटो निर्माणका लागि १० लाख आए पनि ५ लाख ५७ हजार मात्र खर्च भएको छ । बन कार्यालयबाट कालापाल्त तटबन्दनका लागि आएको ३० लाख रकम मध्य कति खर्च भयो र कति फिर्ता भयो भन्ने सार्वजनिक नगरिएको  छ ।


ताजा समाचार