आजः मङ्लबार, साउन २७, २०७७

सिजाका स्थानीय बासी सञ्चार विहिन : फोन गर्न डाँडामा 

साउन १२

मुगु  – विश्वले सञ्चार क्षेत्रमा आकास पातल फड्को मारिसकेको समयमा नेपाली भाषाको उद्गम स्थलको रुपमा चिनिएको जुम्लाको सिजाका नागरिकहरु भने करिब ३ वर्ष देखि नै सञ्चार विहिन रहेका छन् । नेपाल टेलिकमको नमस्ते टावर निर्माण गर्नका लागि ल्याएका लाखै मूल्यका सामानहरु अहिले छेद बिच्छेद अवस्थामा रहेका छन् ।

नेपाल टेलिकमले सञ्चार क्षेत्रमा पछिल्लो समयमा राम्रो पहुँच र ग्राहकहरुको मन जितेता पनि नेपाली भाषाको उद्गम थलो कनकासुन्दरी गाँउपालिमा भने सञ्चार क्षेत्रको पहुँच बाट टाढा रहेको छ ।

पटक पटक कनका सुन्दरी गाँउपालिकाको पहलमा नेपाल टेलिकमलाई अनुरोध गर्दा पनि गाँउपालिकाको वडा नम्बर ६ बिराटमा नेपाल टेलीकमले थ्रिजी सहितको सेवा विस्तार गर्ने भनिएता पनि करिब ३ बर्ष पहिला ठेक्का गरेर लाखै मूल्यका सामानहरु ल्याएता पनि कुनै पनि निकायले चासो नदिदा हाल सो सामानहरु अलपत्र अवस्थामा रहेको कनकासुन्दरी गाउपालिकाले जनाएको छ ।

नेपाली भाषाको उद्धगम थलोमा बसोबास गर्ने २२ सय ४७ घर परिवारका १३ हजार २ सय १६ जना नागरिकहरु सञ्चार बिहीन भएका छन । कनकासुन्दरी गाउपालिका वडा नं ३ का स्थानीय लालसिह बुढा लाई विदेशको कतारमा रोजगारीको लागि गएका आफ्ना भाई लाई सम्पर्क गर्न घर बाट करिब १ घण्टाको उकालो बाटो चढेर डाडामा पुगि बल्ल आफ्नो भाईको आवाज सुन्न पाउछन् ।

नेपाल टेलिकमले मोवाईन सेवा सहित थ्रिजि सेवाको टावर निमार्णको लागी ल्याएका लाखै मूल्यमा सामान सोलर पाता , ब्याटि «, सरिया सिमेन्ट अल्पत्र परेर नष्ट भएको छन भने हिजो आज गाई गोरु चराउन जाने स्थानिय बासिहले सोलरको ब्याट्रिबाट मोवाईल चार्ज गर्ने गरेका छन । सबै भन्दा नेपाल टेलिकम र ठेकेदारहरुको लापर्वाहिले अहिले सम्म मोवाईल टावर नबनाउदा कनका सुन्दरी गाँउपालिका बासी सबै सञ्चर बाट टाढा रहेको स्थानिय बासीको गुनासो रहेको छ ।

एकातिर कनकासुन्दरी गाँउपालिकामा बस्ने स्थानिय लाई त सञ्चार बिहिन भएकै छन तर गाँउपालिकाको कामकाज गर्न पनि निकै कठिनाई आएको जनाईएको छ । गाँउपालिका बाट ५ वटा पत्रहरु नेपाल टेलिकमलाई पत्रचार गरिसक्दा पनि नेपाल टेलिकम कार्यालय र ठेक्कादारले कुनै पनि सुनुवाई नगर्दा टेलिफोन टावर बनाउन समस्या आएको कनकासुन्दरी गाउपालिकाका अध्यक्ष नरविर रावतले जानकारी दिए ।

टेलिफोन टावर लाम्रो सयम सम्म अलपत्र परेको छ । सबै भन्दा ठेक्कादार र नेपाल टेलिककको लापरवाईको कारण रहेको कनका सुन्दरी गाँउपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत भरत बहादुर शाहीले बताए ।

पर्यटन क्षेत्रको प्रयाप्त प्रख्यात ठाउ रहेको नेपाली भाषाको उद्धगम थलो सिजामा रिपोटिंग जाने क्रममा नेपाल टेलिकमको ३ वर्ष देखि अलपत्रमा परेको र लाखौ मुल्यको सामानहरु अलपत्र अवस्थामा रहेका कनकनसुन्दरी ६ बिराटमा रहेको टावर हाल सम्म निर्माण नहुनु ठेकेदार र नेपाल टेलिकमको निकै लापरवार्हि देखिएको टेलिफोन टावर नहुदा समाचार सम्प्रेषण र प्रकाशन गर्न कठिनाई भएको छ  ।

केन्दीय कार्यालय ,क्षेत्रीय कार्यालय,लगाएत सबै निकायमा जादा जादै थाकि सकेका छौ , ठेक्कादारको लापरवाई भएपनि नेपाल टेलिकम कता लुकेर बसेको छ । मोवाईल टावर र ईन्टरनेटको सेवा नहुदा कनकासुन्दरी गाँउपालिका ओझेलमा परेको कनका सुन्दरी गाँउपालिकाका अध्क्षय रावतले जानकारी दिए ।

यता नेपाल टेलिकम कार्यालय ठेक्कादारलाई छिटोकाम सम्पन्न गर्नको लागी ताकेता र परिपत्र गरी सकेको छ केही दीनका काम नभए ठेक्का तोड्ने समेत चेतावनि दिएका छन् ।


ताजा समाचार