आजः आइतवार, कार्तिक ९, २०७७

मुगुमा पहिलो पटक कपास उद्योग

??????

साउन १२

मुगु – जिल्लाको सोरु गाँउपालिका ८ तारापानिमा कपास उद्योग सञ्चालनमा आएको छ । दुई वर्ष अघि कपास पकेट क्षेत्र तथा प्रशोधन केन्द्रका रुपमा शुरु भएको तारापानीमा अहिले उद्योग सञ्चालनमा आएको हो ।

गाउँपालिकाका वडा नम्बर एक देखि ११ सम्मका सबै वडामा कपास खेतीको राम्रो संभावना भएकाले स्थानियवासिन्दाको आर्यआजनमा सुधार ल्याउने ध्येयले उद्योग सञ्चालनमा ल्याएको कपास खेतीलाई प्रवद्र्धन गर्ने कपास पकेट क्षेत्र तथा प्रशोधन केन्द्र सञ्चालन समितिका संयोजक पदम बहादुर मल्लले बताए ।

कपास उत्पादन र प्रशोधनले मुगु जिल्लालाई चिनाउनुका साथै स्थानीय संभावनालाई उपयोग गर्दै व्यावसायिकरणमा लिन सकिने भएकाले कपास उद्योग स्थापना गरिएको संयोजक मल्ले जानकारी दिए। । भर्खरै स्थापना भएको उद्योगले गाँउपालिकामा रहेका १६ हजार पाँच सय ७५ जना स्थानिय नागरिकहरुलाई नैं लाभ पुर्याउने अनुमान शोरुकोट गाउँपालिकाले गरेको छ ।

??????

‘कपास उद्योगको भवनका लागि उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय मुगुको ९० लाख अनुदानमा निर्माण भएको र तत्कालीन कृषि ज्ञान केन्द्रको ७४ लाख अनुदानमा उद्योगका लागि आवश्यक औजार तथा उपकरण खरिद गर्ने काम भएको छ ।’ संयोजक मल्ले नेपालबोटसँग भने, ‘लवाम्भीत स्थानीय नागरिकका ६६ लाख जनश्रमदान गरेर कपास उद्योग २ करोड ३० लाखको खर्चमा स्थापना भएको हो ।’

एक वर्ष अघि शुरु भएको कपास खेतीबाट अहिले उद्योगले दुई सय ३५ क्विण्टल कपास उद्योगको कच्चा पर्दाथका रुपमा संकलन गर्ने काम भएको छ । १२ जना दक्ष कामदारका रुपमा जनशत्ति प्रयोग गरिएको उद्योगमा मफ्लर, पटुका, दौरा सुरुवाल,गुन्यू चोली लगायतका विभिन्न उत्पादन निकाल्ने काम शुरु भएको कपास उद्योगले जनाएको छ ।

??????

उद्योगले सबैभन्दा पहिला छिमेकी मुलुक चीनबाट आयात गरिने टसीखादाको प्रयोगलाई निरुत्साहित गर्दै अन्य बाहिरबाट आयातीत कपाडामा समेत कमी गर्ने दावी गरेका उद्योगका संयोजक मल्लले कर्णाली प्रदेश सरकारको आर्थिक सहयोगमा शुरु भएको उद्योगले स्थानीय नागरिकलाई निकै उतसहित बनाएको दावी गरेका छन् । मुगुको शोरु, खत्याड, हुम्लाको अदानचुली, ताँजकोट, र्सेघाड लगायतका क्षेत्रमा परम्परागत रुपमा राम्रो कपास खेतीको संभावना भएको बताइएको छ ।


ताजा समाचार