आजः मङ्लबार, साउन २७, २०७७

लकडाउन अन्त्य भएकाे २ दिनभित्र दैलेखमा ४० जनामा काेराेना पुष्टि

समुदायस्तरमै काेराेना संक्रमण बढ्न थालेपछि सर्वसाधारण त्रसित

दैलेख ।

सरकारले लकडाउन अन्त्य गरेलगत्तै दैलेखमा समुदायस्तरमै काेराेना संक्रमितहरू देखिएका छन् । दैलेखमा मंगलबार एकैदिन २४ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै कर्णाली प्रदेशमा थप ३० जना नयाँ संक्रमित पुष्टि भएकाे जनाएकाे छ ।

नयाँ पुष्टि भएका ३० जनामध्य २४ जना दैलेखका भएकाे मन्त्रालयले जनाएकाे छ । मन्त्रालयले दैलेखकाे महाबु गाउँपालिकाका  ११ जना अाठबिस नगरपालिकामा १२ जना र डुंगेश्वर गाउँपालिकामा १ जना गरि जम्मा २४ जनामा काेराेना संक्रमण पुष्टी भएको जनाएकाे छ। बाँकी ५ जना सुर्खेत र १ जना सल्यानका रहेका छन् ।

यस संगै कर्णाली प्रदेशमा काेराेना संक्रमितकाे संख्या १ हजार ८ सय १३ पुगेकाे छ भने १ हजार ५ सय ५२ जना  निकाे भएर घर फर्किएका छन् । यस अघि मंगलबार मात्र दैलेखकाे  ठाँटिकाँध गाउँपालिका १६ जनामा काेराेना पुष्टि भएकाे थियाे । समुदायस्तरमै काेराेना संक्रमण बढ्न थालेपछि सर्वसाधारण त्रसित बनेका छन् ।


ताजा समाचार