आजः मङ्लबार, साउन २७, २०७७

सचिव वलीले ल्याए नयाँ तिजको गीत “जमिनै थरर”

५ साउन २०७७

दैलेख – राष्ट्रियलोकदोहोरी प्रतिष्ठान कर्णाली प्रदेशका सचिव रेशम वलीको शब्द संकलनमा “जमिनै थरर” तीज गित बजारमा आएको छ । नजिकिदै गरेको महिलाहरुको महान पर्ब हरितालिका तीजलाई मध्यनजर गरि उक्त गित सचिव वलीले बजारमा ल्याएका हुन ।

सबैको मनमुटुमा बस्न सफल लोकप्रिय गितका सर्जक रेशम वलीले थुप्रै गितहरु बजारमा ल्याएका छन् ।हरितालिका तीजमा नारिलाई छमछमी नचाउने यो गीतले बजारमा निकै चर्चा पाउन सफल भएको छ।

गितमा चर्चित लोक तथा दोहरी गायीका टिका पुनको स्वर रहेको छ । सदाबहार तीजका कोशेली पस्किने गायिका पुनले यो गीतमा पनि माईति चेलीको भावना पोखेको देखिन्छ।

गीतमा पवन योगी र कविराज गिरिको संगीत रहेको छ । गीतलाई चन्द्र मन्दिर मगरले निर्देशन गरेका हुन्।

सुर्खेतमा छायांकन गरिएको गीतको भिडियोलाई चन्द्र मन्दिर ले निर्देशन गरेका छन् । भने भिडियोमा कलाकार सुधा कार्कि , अस्मिता गुरुङ, जानकी शाही लगायतका कलाकारहरुको मुख्य अभिनय रहेको छ ।


ताजा समाचार