आजः मङ्लबार, साउन २७, २०७७

कर्णाली प्रदेश अस्पतालबाट दैलेखका २ जना कोरोना जितेर घर फर्किए

पाैष्टिक खानेकुरा र ताताेपानीले कोरोना संग सजिलै जित्न सकिने

दैलेख,

कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचाररत दैलेखका २ जना कोरोना जितेर घर फर्किएका छन् । लायन्स क्लव अफ दैलेखका अध्यक्ष खम बहादुर थापा र नारायण नगरपालिकाका एक जना जनप्रतिनिधी कोरोना जितेर घर फर्किएका हुन् । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उनीहरूको पुनः कोरोना परिक्षण गर्दा पि.सि.आर. रिपार्ट नेगेटिभ देखिएकोले डिस्चार्ज गरिएको अस्पतालका डिउटि इन्चार्ज चन्द्रेश कुमार सिंहले जानकारी दिए ।

सुगरका विरामी समेत रहेका थापा १३ दिनमै कोरोना जितेर घर फर्किएपछि स्थानीय आश्चर्यमा परेका छन् । उनीहरूलाइ रूघा, ज्वरो तथा श्वासप्रश्वासमा समस्या देखिएको थियो । कोरोनाको लक्षण देखिएपछि केहि समय डर लागको भएपनि अस्पतालका डाक्टर र कर्मचारीहरूको नियमित उपचार र हौसलाले कोरोना जितिएको उनीहरूको भनाइ छ ।

“कोरोनाको संक्रमण भएपनि आत्मबल उच्च बनाएर नियमित शारीरिक व्याम गर्ने, तातो पानी खाने, साबुन पानीले मिचीमिची हात धुने, पौष्टिक खानेकुराको सेवन गर्ने गरेमा शरिरको प्रतिरक्षा शक्ति बढेर कोरोना संग सजिलै जित्न सकिन्छ” थापाले अनलाइन कर्णालीसंग भने ।

शरिरमा जुनसुकै रोगका लक्षण देखिएपनि तुरून्तै उपचार गर्नाले पनि कोरोनासंग जित्न सकिने उनको सुझाव छ । उनले कोरोना संग लडिरहेको अन्य संक्रमितहरूलाइ पनि अस्पतालमा उच्च मनोबलका साथ बस्न र नियमित ब्याम, पौष्टिक खानेकुरामा जोड दिन सुझाब दिए ।

पछिल्लो समय जिल्लामा कोरोना संक्रमणको स्थिती न्यून रहेको छ । दैनिकजसो कोरोना जितेर घर फर्किहरेका छन् । धेरै जसो क्वारेन्टिन र आइशोलेशनहरू खाली भइसकेका छन् । हालसम्म नेपालमा १७ हजार ४ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्य ११ हजार ५ सय ३४ जना कोरोना जितेर घर फर्किसकेका छन् भने ४० जनाको ज्यान गएको छ ।


ताजा समाचार