आजः मङ्लबार, साउन २७, २०७७

भत्कँदो पहाड

२९ असार २०७७,

हिउँका कैयौं ढिस्काहरू जोडेर
बनाइयो एक भिमकाय पहाड
हो, गर्मीमा त्यो ठीक थियो
र अग्लो रहिरह्यो अरु चुचुराहरूभन्दा
तर अब त चिसो बढ्दै छ ।

चिसोले विस्तारै विस्तारै
बनाउँदैछ चिरा
चिन्ता गर्दैछन् ढिस्काहरू
पहिरोमै पुरिएर
फेदमै पो पुगिने पो हो कि ?
झर्ने पो हो कि भीमकाय पहाड ?
तलै पो देखिने हुँ कि म ?

चिसो बढेपछि
चिसो झन् चिसो हुनेछ
गर्मीले जोडेको चिसो
छिनभरमै विच्छिन्न हुनेछ
आत्मा र शरीर झैं ।

अनि बग्नेछन् दक्षिणतिरै
र बिलीन हुनेछन् गंगामा
जहाँ तिनका पूर्खाहरु भएका थिए
बिसर्जित ।

पर्वत चढ्न आएका
केही मानिसहरू
छक्क पर्नेछन् ।

लेखक : ऋषी अधिकारी


ताजा समाचार