आजः मङ्लबार, साउन २७, २०७७

दैलेख प्रहरीद्धारा बटुवालाई मास्क वितरण

असार २८, २०७७
दैलेख  – जिल्ला प्रहरीले बाटोमा हिड्ने बटुवालाई मास्क बितरण गरेको छ । माक्स नभएका र माक्स नलगाएका बाटोमा हिड्ने बटुवालाई माक्स बितरण अभियान संचालन गरेको हो ।

कोरोनाको रेड जोन बन्दै गएको जिल्लामा प्रहरी पनि अछुतो हुन सकेन । दिनहु जसो भिडभाड ब्यवस्थापन र प्रदेशबाट आएकाहरुलाई क्वारेटिनमा राख्न रफाड लाईनमा देखिएको दैलेख प्रहरी र्कतव्य पालनाकै क्रममा १४ जना भन्दा बढि प्रहरी कोरोना संक्रमित भएका छन् ।

कोरोना रोकथाम जनचेतना मुलक गतिबिधि गर्दै आएको दैलेख प्रहरीले क्वारेटिनमा रहेकाहरुलाई बिभिन्न नाचगान सहितको मनोरञ्जन प्रदान गर्नुका साथै सचेतना मुलक रेडियो बहस कार्यक्रम गरेको डिएसपी हरी बहादुर वलीले बताए । जनताको सेवाको लागी प्रहरी रातदिन खटिएको र दुखको बेला प्रहरी जनता संग भएको डिएसपी वलीको भनाई छ ।


ताजा समाचार