आजः आइतवार, कार्तिक ९, २०७७

जनजाति महासंघ अमेरीकाद्धारा नेपालका राउटे समुदायलाई राहत वितरण (भिडियाे सहित)

लकडाउनमा प्रभावित राउटे समुदायमा खुसी छायाे


एसियाकै लाेपाेन्मुख जातीभित्र पर्ने राउटे समुदायलाइ पनि लकडाउनले प्रभावित पारेकाे छ । उनीहरूलाइ खानाकाे जाेहाे गर्न, सामान बेच्न तथा हिडडुल गर्न समस्या भइरहेकाे छ । यस विषम परिस्थितिमा उनीहरूलाइ थाेरै भएपनि सहयाेग हाेस् भन्ने मनसायले अमेरिकाबाट नेपालीहरूले राहत पठाएका छन् । नेपाल आदिवासी जनजाति महासंघ अमेरीका (फिप्ना) ले नेपालको अति लोपोन्मुख तथा विपन्न समुदायमा पर्ने राउटे समुदायलाई राहत पठाएकाे हाे ।

फिप्नाले पठाएकाे २ लाख २६ हजार २ सय ५ रूपैया बराबरकाे खाद्यान्न र त्रिपाल खरिद गरि वितरण गरिएकाे नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद दैलेखका अध्यक्ष खगेन्द्र पुन मगरले बताए । उनले राउटे समुदायका ४८ घरधुरीलाइ चामल, दाल, नुन्, तेल, र टेन्ट वितरण गरिएकाे जानकारी दिएका छन् ।

राउटे समुदायकाे ठुलाे पर्व साउने संक्रान्तिकाे अवसरमा खाद्यान्न पाउदा निकै हर्षित बनाएकाे राउटे मुखिया सुर्य नारायण शाहीले बताए । उनले राउटे समुदायमा यस राहतले खुसी ल्याएकाे बताए ।

राहत वितरण गर्दै गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज वलीले राउटे समुदायलाइ खाद्यान्नकाे सदुपयाेग गर्न निर्देशन दिए । उनले लाेपाेन्मुख तथा विपन्न समुदायलाइ सम्झेर अमेरिकाबाट सहयाेग पठाएकाेमा फिप्नालाइ धन्यवाद दिएका छन् ।

राहत वितरणमा महत्वपूर्ण सहयाेग र समन्वय गरेकाेमा गुराँस गाउँपालिकालाइ फिप्नाले धन्यवाद दिएकाे छ । यस्तै नेपाल आदिवासी जनजाति महासंघ दैलेख जिल्ला समन्वय परिषद, गुराँस गाउपालिका समन्वय परिषद र नेफिनकाे महत्वपूर्ण भुमिका रहेकाे भन्दै धन्यवाद दिएकाे छ । साथै फिप्नाले देशको विभिन्न ठाउहरूमा खाद्यान्न राहत वितरण भईरहेको जनाएको छ ।

हेर्नुहाेस भिडियाेमाः


ताजा समाचार