आजः मङ्लबार, साउन २७, २०७७

सरिता गिरी सांसद र पार्टी सदस्य समेत नरहने गरी कारबाहीमा chetawoni

आफूलाई अन्याय भएको भन्दै अदालत जाने गिरीको चेतावनी

समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई सांसद र पार्टी सदस्य नरहने गरी कारबाही गरिएको छ।

पार्टी पदाधिकारी बैठकले पार्टीको ‘ह्विप’ उल्लंघन गरेको आरोपमा उनलाई कारबाही गरेको हो । लिम्पियाधुरा सहितको नेपालको नक्साको विषयमा उनले भारतको समर्थन र नेपालको चर्को बिरोध गरेकी थिइन् ।

यस विषयमा सरिता गिरीले आफूलाई अन्याय भएको भन्दै अदालत जाने बताएकी छन् ।

पार्टीले आफूलाई कुनै जानकारी नदिई प्रचार गरेर अराजनीतिक काम गरेको बताइन्।

पार्टी एकताको प्रक्रियामा रहेका बेलामा एउटा पार्टीले मात्रै निर्णय गर्नु आफैंमा अवैधानिक रहेको समेत उनको तर्क छ।

समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) मिलेर जनता समाजवादी पार्टी गठन भएको छ। जनता समाजवादी पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन समेत दिइसकेका छन्।

‘एकातिर यो निर्णय एउटा पार्टीले मात्रै गरेको छ। अर्कोतिर केन्द्रीय समितिले गर्नुपर्ने निर्णय पदाधिकारी बैठकले गरेको छ,’ उनले भनिन्, ‘संसदीय दललाई समेत बेवास्ता गरिएको छ। हरेक कोणबाट कानुन सम्मत छैन। म अदालत जान्छु।’


ताजा समाचार