आजः मङ्लबार, साउन २७, २०७७

पार्टीलाई बिभाजनबाट रोक्न दैलेखमा दवावमुलक कार्यक्रम


२३ असार २०७७

दैलेख – जिल्लामा युवा विद्यार्थीले नेकपाको आन्तरिक विवादको विषयमा पार्टीलाई एकताबद्ध हुन दवाव कार्यक्रम गरेका छन। हामी एकताको पक्षमा छौ, जनपक्षीय नेकपाको पक्षमा छौ,। पार्टी पद्धतिमा चल्नु पर्छ,नीति प्रधान हो नेता प्रधान होइन, राजनीति स्थायित्व कायम हुनु पर्छ, फुटेर होइन जुटेर अघि बढौं हामिलाइ एकताबद्ध नेकपा चाहिन्छ लेखिएको प्ल्यड काड बोकेर सामजिक दुरि कायम गरि पार्टी कार्यलयमा धर्ना दिएका छन।

नेपाल कम्युनिस्ट पार्टी नेपाल (नेकपा)अध्यक्ष लाई सम्बोधन गरि केन्द्रिय कार्यलय धुम्वाराहीलाई नेकपा दैलेख मार्फत नेतृत्वलाई एकताको पक्षमा दवाद दिने उद्देश्यले ज्ञापन पत्र बुझाएको छ। ज्ञापन पत्र नेकपा प्रदेश कमिटी सदस्य, सुर्य बहादुर शाही,मायाराम अधिकारी, गोपाल नेपालिको सहभागिता मा जिल्ला पार्टी सचिव प्रेम कटुवाललाइ बुझाएको छ।

उक्त पत्रमा कोभिड १९को विश्व महामारीको युद्ध लडिरहेका बेला नेपाल कम्युनिस्ट पार्टी नेकपामा सृजना भएको बिबादले सम्पुर्ण पार्टी कार्यकर्ता, जनवर्गीय संगठन, पार्टी सदस्य र शुभचिन्तक तथा आम नागरिकले संकटपुर्ण अवस्थाको अनुभुती गरेका छौं। पार्टीले विगतमा गरेका सहमतिहरु, पार्टी विधान र निर्वाचनमा जनतासंग गरेका प्रतिबद्धतालाई हृदयंगम गरि पार्टी एकताको मर्म र भावना अनुरुप विवेकपूर्ण कदम चाल्न नेतृत्वमा अनुरोध गरिएको छ।

पार्टी एकता देशका लागि,सार्बभौमिकताका लागि, स्वाभिमानका लागि,विकास र समृद्धिका लागि, राजनीति स्थायित्वका लागि थियो । बिभाजित कम्युनिस्ट आन्दोलनलाई एकीकृत गरि संघिय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै समाजवाद उन्मुख ऐतिहासिक कार्यभार सहित भएको दुई ठुला कम्युनिस्ट पार्टीको एकता हाम्रो गौरवको बिषय हो।

पार्टी एकता विरोधी देशी तथा विदेशी प्रतिकृयावादी षड्यन्त्रलाई परास्त गर्दै जनताले दिएको अभिमतको कदर गर्दै, पार्टी एकताको बाँकी काम पुर्णता दिदै समृद्ध नेपाल सुखी नेपालीको नारालाइ सार्थक तुल्याउनु पर्ने घडिमा आपसी विबादले पार्टीलाई गम्भीर क्षति पुर्‍याउने र समाधान नभएमा देश र जनता प्रती गम्भीर धोका समेत हुनेछ।

यदि हामी विभाजन तर्फ अगाडि बढ्यौ भने इतिहासले क्षमा गर्ने छैन,परिबर्तनले क्षमा गर्ने छैन, समकालीन नेतृत्वलाई इतिहासकै दिगमिगलाग्दो अबधी बन्ने छ । परिवर्तनको दिर्घ प्रतिक्षा गरेका आम नागरिक ठगिएको महसुस गर्नेछन । नेपाली कम्युनिस्ट आन्दोलन माथी धोका हुनेछ । देश जनता र पार्टीको रणनीतिक उदेश्य प्राप्तिका लागि पार्टी एकताबद्ध भएर अगाडि बढ्नुको बिकल्प नभएको परिस्थितिमा पार्टी भित्रका आन्तरिक कुराहरु बाहिर जनसमुदायमा आउनुले नकारात्मक प्रभाव पर्ने गरेको छ।

जारी स्थायी कमिटी बैठक पार्टीलाई अझ एकताबद्ध भएर अगाडि बढिरहेको आम जनभावना अनुरुप अगाडि बढ्ने कुरामा दृढ संकल्पका साथ सफल हुने कुरामा विश्वस्त छौ। पार्टी कार्यकर्ताको र आम राष्ट्रप्रेमी देशभक्त नागरिकको अपेक्षा अनुसार राजनिती स्थायित्वका लागि पार्टीलाई अझ एकताबद्ध भएर भुमिका निर्वाह गर्न अनुरोध गरिएको छ। अनेरास्ववियू केन्द्रिय सदस्य भुपेन्द्र शाही, बिश्णु बुढा,राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य गोपाल बहादुर बुढा र अनेरास्ववियू दैलेखका सह संयोजक हेमन्त दशौंदीको हस्ताक्षर गरिएको छ।

पार्टीमा कुनै पनि सैद्धान्तिक बिमती,लक्ष उद्देश्यमा फरक मत छैन हाम्रा कार्यक्रममा पनि एक मत छैन भने किन झगडा किन पार्टी बिभाजनको बाटोमा जान दिने,रु हाम्रा अग्रज नेतृत्वले भुटेको मकै खाएर,फाटेको जुता लगाएर निर्माण गरेको संगठनले आज देशको ठूलो पार्टी बन्ने अबसर नेकपालाई प्राप्त भएको छ यस्लाइ जोगाएर जनपक्षीय काम गर्नु पर्ने जिम्मेवारी छ त्यसलाइ पूरा गर्नु पर्ने सह संयोजक हेमन्त दशौंदीको भनाई छ ।


ताजा समाचार