आजः मङ्लबार, साउन २७, २०७७

दैलेख नारायण नगरपालिकामा २ करोड १० लाखका भैंसी अनुदानमा बितरण


असार २२

दैलेख, जिल्लाको नारायण नगरपालिकाले २ करोड अनुदानमा किसानहरुलाई भैंसी बितरण शुरु गरेको छ । पशु अस्पताल तथा पशु सेवाकार्यालय दैलेखको १ करोड, कर्णाली प्रदेश सभा सदस्य अम्मर बहादुर थापाको साम्सद पुर्वाधार विकास कोषबाट ४० लाख , नारायण नगरपालिका बाट ४० लाख र राष्ट्र सेबक बहुउद्देश्यीय सहकारी संस्था दैलेख बाट ३०लाख गरि जम्मा २ करोड रुपैयाँ मा १ सय १० वटा भैंसी खरिद गरि बितरण गर्न लागिएको नारायण नगरपालिका का एक वडा अध्यक्ष ले जानकारी दिएका छन् ।

राष्ट्र सेबक बहुउद्देश्यीय सहकरी संस्था दैलेख लाई भैंसी खरिद गर्ने जिम्मा दिईएको हो । हाल सम्म नारायण नगरपालिकाकाका किसानहरुलाई हालसम्म जम्मा ६४ वटा भैंसी बितरण गरिएको छ ।

एउटा भैसिको मूल्य १ लाख दशहजार सम्म परेको र १ सय द्दण् वटा भैंसी खरिद गरिने जानकारि नगरपालिकाले दिएको छ । भैंसी भारत बाट नेपागंज ल्याई नेपागंज बाट खरिद गिरद गरियको राष्टसेवक बहुउद्देश्यीय सहकारि संस्थाका अध्यक्ष खमबहादुर थापाले जानकारि दिएका छन ।

 


ताजा समाचार