आजः मङ्लबार, साउन २७, २०७७

दैलेखमा ईन्जिनियरहरुद्वारा हात धुने मेसिन जडान

कोरोना संक्रमणको जोखिम न्यूनिकरणका लागि मेसिनले सहयाेग गर्ने विश्वास

कोरोनाको रेड जोन बन्दै गएको दैलेखमा ईन्जिनियरहरुले फुट अपरेटेड ह्याण्ड वासिङ मेसिन (खुट्टाले चलाउने हात धुने मेसिन) जडान गरेका छन् । नेपाल ईन्जिनियर्स एसोसिएसन कर्णाली प्रदेशको सहयोगमा मेसिन जोडिएको ईन्जिनियर महेश ढुङ्गानाले बताए । कोरोना संक्रमणको जोखिम न्यूनिकरणका लागि दैलेख सदरमुकाम स्थित देवकोटा चोकमा उक्त मेसिन जोडिएको उनले बताए । उनले विभिन्न कामको शिलसिलामा सदरमुकाम आउने नागरिकहरुलाई साबुनपानीले हात धुने ठाउँको अभाव रहेको महशुस भएकाले मेसिन हस्तान्तर गरिएको बताए । नारायण नगरपालिका वडा नं. १ को मातहतमा रहनेगरि वडाअध्यक्ष तिर्थनारायण श्रेष्ठलाइ हतान्तरण गरिएको छ । मेसिनकाे अपनत्व ग्रहण गर्दै अध्यक्ष श्रेष्ठले यस्ताे विषम परिस्थितीमा ईन्जिनियरहरूले गरेकाे भन्दै धन्यवाद दिएका थिए ।


ताजा समाचार