आजः बुधबार, असार ३१, २०७७

कि पिच गर , कि ग्रावेल हाल्देउ –(फोटो फिचर) 

असार १५ मुगु
कर्णाली राजमार्ग अन्तर्गत नाग्म गमगढी सडक पनि एक हो । नाग्म गमगढी सडक सञ्चालन भएको करिव ९ वर्ष बित्यो । यो सडक वि.स २०६९ साल बाट सुचारुमा आएको थियो । कर्णालीका हिमाली जिल्ला अहिले पनि केही जिल्लामा सडक सञ्जाल सँग जोडिन सकेका छैनन् । उदाहरणका लागि हुम्ला । हिमाली जिल्लाका सवारी साधन भनेकै घोडा , खच्चड लाई लिने गरेका छन् ।

यि हिमाली जिल्ला मुगु , डोल्पा , र हुम्लाका नागरिकहरुले कथि त खच्चड र कति त तुईनको भरमा सामान ओसार पोसार गर्ने गरेका छन् । अझ भनौ , देश अहिले ३ तहमा विभाजन भएको छ , संघिय सरकार , प्रदेश सरकार , र स्थानीय सरकार । यि सरकार सञ्चालन भएता पनि जनताले विकासका मुहार भने देख्न पाएका छैनन् । सिह दरवारको विकास घर घरमा आएको भन्छन् तर जनता लाई सिहं दरवार होईन सिंह आए जस्तो अनुभुति गरेका छन् ।

कर्णालीको हिमाली जिल्ला मुगुमा यात्रा गर्ने यात्रु र सवारी चालकहरु लाई डराई डराई यात्रा गर्न बाध्य रहेका छन् । यो सडक वर्षमा ३ महिना मात्र सवारी सञ्चालन हुने गरेका छन् । वर्षमा हिलाम्मे र हिउदमा धुलाम्मे हुने गरेको यहाका जानकारहरु बताउछन् ।


नाग्म गमगढी सडक लाई स्तरउन्नोति गर्न न त संघिय सरकार , प्रदेस सरकार न त स्थानीय सरकारको नजर गएको छ । स्थानीय सरकारले भन्छ यो हाम्रो होईन , प्रदेश सरकारले भन्छ यो संघिय सरकार अन्तर्गत पर्दछ अ त संघिय सरकार भन्छ गरौला , यसरी एक आपसमा जुहारी चल्दा कसरी मुगालीका जनताले गाडी चड्न पाउलान र ?
एकातिर विश्व महामारीको रुपमा फैलिरहहेको नोवेल कोरोना भाईरस अर्थात कोभिड १९ ले विश्व नै आक्रान्त भईरहेको छ ।

मुगाली जनता लाई यति बेला कोरोना भन्दा रोडको चिन्ताले सताउने गरेको छ । छायानाथ रारा नगरपालिका वडा नं ५ का स्थानीय अस्मिता विकले भनिन् यो कोरोना भाईरस एक न एक दिन बाईजाला , तर यो सडक स्तरोन्नती भई आवागमन योग्य बन्छ भन्ने आश अस्मिता लाई छैन । उनको घर अघिकै सडकमा ठूला(ठूला खाडल छन् । खाडलमा पानी जमेर पोखरी भएको छ ।

हिलोले अस्तव्यस्त सडकको दृश्य देखाउँदै अस्मिता भन्छिन हेरन यो सडकको बिजोग रोड आएक १० वर्ष पुग्न लागि सक्यो , अहिले सम्म सडक बन्न सकेको छैन, सडक हो की, पौडी खेल्ने आहाल हो । छुट्याउनै गाह्रो । हामीलाई त कोरोना भन्दा सडककै चिन्ता बढी छ।’ उनले बर्खाको बेला सडक झनै अस्तव्यस्त हुँदा विभिन्न समस्या भोग्न बाध्य हुने बताइन् ।

सडक मर्मतको लागि भन्दै यहाका स्थानीयको लाखौ मल्यका जग्गा बाली नाली नष्ट हुदै गएका छन् । सडक समयमा बन्नुपर्छ भनेर आन्दोलन गर्दा पनि सम्बन्धित निकायले अटेरी गरेको र भोट दिएर जिताएका जनप्रतिनिधिहरुले मौनता साँधिरहेको स्थानीय बताउँछन् ।

सरकारको चरम लापरबाहीका कारण स्थानीय र सर्वसाधारणले सास्ती खेप्न बाध्य भएको बताउँदै स्थानीयले जतिसक्दो चाँडो सडक “कालोपत्रे गरिदिन कि त ग्रावेल हाल्दिन आग्रह गरिरहेका छन् ” ।

विगत एक साता देखि अवरुद्ध रहेको नाग्म गमगढी सडक अन्तर्गत ताल्चा देखि सदरमुकाम गमगढीको जीरोपोईन्ट सम्मको सडक विस्तार काम सुचारु भएको छ । एक साता सम्म अवरुद्ध रहेको यो सडक शनिवार जिल्ला प्रशासन कार्यालय , नेपाल रेडक्रस सोसाईटी शाखा कार्यालय मुगु , नागरिक समाज , जिल्लाका सरोकारवाला निकाय र उद्योग वाणिज्य संघ मुगुको सहजीकरणमा सो सडकको काम शनिवार बाट सुचारु भएको जिल्ला प्रशासन कार्यालय मुगुले जनाएको छ ।

सो मर्मतको लागि खटिनु भएका सुपरभाईजर तथा सडक प्राविधिक जग्गी बहादुर विकका अनुसार छायानाथ रारा नगरपालिका वडा नं ७ पिना देखि जिरोपोईन्ट सम्म ९ किलोमटिर रहेको छ । अहिले सम्म ४ किलोमिटर मात्र काम भएको उनले बताए ।


जम्मा ८ करोड ४० लाख रकम वरावरको टेन्डर आवहन गरि ४० प्रतिशत घटि ५ करोड सम्म काम सञ्चालन भईरहेको उनले बताए । सडक डिभिजन कार्यालय जुम्ला बाट टेन्डर आवहन गरिएको छ । दिलक रावलको ठेक्कामा रहेको सो सडक पुर्ण रुपमा मर्मत हुन सकेको छैन ।
उनले भने ठेकेदार रावल आफ्नो मनपरि ढंगबाट काम गर्न खोज्छन , तर आफुले पटक पटक ताकेता लगाए पनि कुनै पनि सुनुवाई नभएको विकले दुखेसो पोखे ।

शनिवार अनुगमनको लागि गएको टोलीले यस्तो निष्कर्ष निकालेको छ । अवको ताल्चा देखि जिरोपोईन्ट सम्मको बाटो मर्मतमा पारदर्शिता र भयारहित ढंगबाट काम सञ्चालन गर्नु पर्ने नेपाल रेडक्रस सोसाईटि शाखा कार्यालय मुगुका सभापति जय बहादुर मल्लले बताए । उनले भने यो सडक विस्तारका लागि स्थानीय सरकार , प्रदेश सरकार , र संघिय सरकार राजनितिक दल लगायत कसैको पनि ध्यान नदिएको मल्लको भनाई रहेको छ ।

यो भन्दा विगतका दिनहरुमा वर्षा हिलाम्मे र हिउद धुलाम्मे हुने यो सडक बारम्वार मर्मत गर्दा पनि प्रतिफल उहि पाईने उद्योग वाणिज्य संघ मुगुका अध्यक्ष कमल बुढाले जानकारी दिए । यति खेर मुगुमा सवारी साधन फाटफुट रुपमा चलिरहेका छन् ।


ताजा समाचार