आजः बुधबार, असार ३१, २०७७

दैलेखमा आत्महत्या गरेका युवक कोरोना पुष्टि

असार ११, २०७७

दैलेख – आत्महत्या गरेका दुल्लू नगरपालिका–१० गमौडीका २१ वर्षीय युवक कोरोना संक्रमण पुष्टि भएको छ । बुधवार विहान घरमै आत्महत्या गरेका भनिएका युवक क्वारेन्टीनबाट फर्किएको जानकारीको आधारमा दुल्लू अस्पतालले स्वाव संकलन गरी कर्णाली प्रदेश प्रयोगशालामा पठाएको थियो ।

नोजल स्वाव पठाएकोमा बिहीवार प्रयोगशालाले आत्महत्या गरेको ती युवक समेत दैलेखका २६ जना नयाँ संक्रमित थपिएको जनाएको दुल्लू अस्पतालका इञ्चार्ज डा. पूजा बीसीले जानकारी दिनुभयो ।

दैलेखमा कोरोनाका कारण मृत्यूहरुको ३ पुगेको छ । यसअघि क्षयरोगको उपचार गराउन कर्णाली प्रदेश अस्पताल भर्ना भएका दुल्लू नगरपालिका–३ नेपा गाउँका ४५ वर्षीय पुरुषको असार ९ गते र दुल्लू नगरपालिकाकै वडा नं. १० कालभैरबका ३५ वर्षीय पुरुषको जेठ १७ गतक्वारेन्टीनमा मृत्यूभएको थियो ।

मृतक तीन जना मध्ये आत्महत्या गरेको यी युवक मृत्यू भइसकेपछि र अरु दुई जनाको नोजल स्वाव लिइएको तर पीसीआर रिपार्ट नआउँदै मृत्यूभएको थियो ।

अविवाहित ती युवक घरमै पासो लगाएर आत्महत्या गरेका दुल्लू नगरपालिका–१० का वडाध्यक्ष हर्कबहादुर खड्काले जानकारी दिनुभयो । भारतमा लकडाउनका कारण अहमदावादमा रोजगारी गुमेपछि गएको जेठ ११ गते गाउँ पुगेका ती युवक १४ दिन क्वारेन्टीनमा बसी घर फर्किएर १६ दिनमा आत्महत्या गरेका हुन् ।

कोरोना संक्रमितको मृत्यू भएकाहरुको शव गाड्ने काम नेपाली सेनाले गर्ने सरकारको नीति भएको कारण आत्महत्याले मृत्यू भएका ती युवकको शव दुल्लू अस्पतालमै रहेको बताइएको छ ।


ताजा समाचार