आजः बुधबार, असार ३१, २०७७

१६ लाख बराबरको सामाग्री बोकेर र्फकिए केन्द्रिय सदस्य शाहि गृह जिल्लामा

२०७७ असार १२
दलेख –   हर्क बहादुर शाहि स्मृती फाउडेशन दैलेख र नेकपा क्रांतिकारी मावबादि दैलेखको सयुक्त आयोजनामा जिल्लाका आठ वटा स्थानिय तहहरुमा १६ लाख बराबरको स्वास्थ्य सामाग्री र खाध्य सामाग्री वितरण गरीएको छ ।

स्वास्थ्य सामाग्री अन्र्तगत सेनिटाइजर, मास्क, डाक्टर सेप्टिकिट, भिटामिन इ , पि. पि . ए  , इमिनिटि पावर वढाउने औषधि ,र खाध्य सामाग्री अन्र्तगत दाल चामाल लगायत दैनिक उपभोग गर्न सामाग्री बितरण गरीएको हो ।

नेकपा क्रांतिकारीका केन्द्रिय सदस्य एवम हर्क बहादुर शाहि स्मृती फाउडेशन दैलेखका अध्यक्ष दिपक शाहिले बिश्वभरीका मानब जातिको मुक्तिका लागी दैलेख जिल्ला बासिको सानत्वना प्रदान गर्नुको साथै थोरैै भएपानि राहात महसुस होस भनेर हाम्रो पाटि र हर्क बहादुर शाहि स्मृती फाउडेशनले सानो सहयोग गरेको उनले बताए । अहिले बिश्वभर कोरोना भाइरसको महामारीले आतंक मच्चाइरहे छ ।

यस्तो अवस्थामा दिन दु . खि लाई सहयोग गर्न आवश्यक भएको र यो माहामारीको समयमा सम्पुर्ण सर्बहारा र श्रमजिबिहरु सचेत रहन आग्रह समेत उनले गरेका छन् । जिल्ला भरी नै इमिनिटी पावर बढाउने औषधी बितरण गरीने उनले बताए ।

जिल्लाको आठ स्थानिय तहहरुमा स्वास्थ्य सामाग्री र खाध्य सामाग्री वितरण गरीसकेको र तिन तहहरुमा सामाग्री बितरण गर्न बाकिँ रहेको शाहिले बताए । जिल्लामा रहेका स्वास्थ्यकर्मी, पुलिस र आम्रीहरुलाई सामाग्री बितरण गरीएको शाहिले जानकारी दिए ।

दैलेखका कम्युनिस्ट आन्दोलनका पुर्व नेता ईमान्दार र त्यागि नेताको रुपमा चर्चित नेताको सम्झनामा खोलिएको हर्क बहादुर शाहि स्मृती फाउडेशनले समाजिक सेवामा निकै राम्रो काम गर्दै आएको छ ।


ताजा समाचार