आजः आइतवार, असार २८, २०७७

दैलेखमा पिसिआर मेशिन संचालनमा


असार १०

दैलेख –  कोरोना संक्रमणको रेडजोनमा परेको दैलेखमा पिसिआर मेशिन संचालन्मा आएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्री नमराज रावतले उद्घाटन गरेका छन् । कोरोना संक्रमितहरुको दैलेख नेपालमै उच्च जोखिममा परेको छ ।

अहिले सम्म जिल्लामा संक्रमितको संख्या ७ सय ३२ पुगेको छ । दैलेखबाट स्वाब संकलन् गरि जाँचका लागि सुर्खेत र जुम्ला पठाउने र तीन साता पछि रिपोर्ट आउने बाध्यता भने अब हट्ने छ । दैलेखमा ल्याईएको पिसिआर मेशिन ले एक दिनमा ३ सय जना सम्मको स्वाब जाँच गरिने जानकारि दिईएको छ ।

दैलेख निर्वाचन क्षेत्र नंम्बर १ को क्षेत्र पुर्वाधार विकास कोषको १ करोड ६ लाख रुपयाँमा मेशिन दैलेख ल्याईपुरायको क्षेत्र नंम्बर १ का प्रतिनिधि सभा सदस्य रविन्द्र राज शर्माले जानकारि दिए ।

पिसिआर मेशिन राख्ने भवन रात दिन लगायर सदरमुकामको पशु अस्पतालको परिसरमा निर्माण गरिएको हो । बुधबारबाट स्वाब २० वटा संकलन गरि पहिलो चरणमा नेपालगंज भेरि अस्पतालमा पठाईएको छ । र सो स्वाबको नतिजा आए दैलेखबाटै परिणाम निकालिनेछ ।

मेशिन संगै १ हजार भिटिएम जिल्लामा भित्रिएको छ । १ हजार भिटिएमले जम्मा ४ दिन धान्ने छ भने भिटिएम अभाव हुन नदिन केन्द्र सरकार , प्रदेश सरकार र दैलेखका ११ वटा स्थानिय तहले सहयोग गर्नु पर्ने छ । पिसिआर जाँच दैलेखमै हुनेभएपछि दैलेखि जनता उत्साहित भएका छन् । दैलेखमा हाल ५ हजार भन्दा बढि क्वारेन्टाइन मा बसेका छन्।


ताजा समाचार