आजः बुधबार, असार ३१, २०७७

लकडाउनसँगै बन्द भएका ट्राफिक लाइट पनि सञ्चालनमा आउँदै

असार १, २०७७
काठमाण्डौ – महानगरीय ट्राफिक प्रहरी महाशाखाले सडकमा गाडीको चाप बढेपछि काठमाण्डौ उपत्यकामा ट्राफिक लाइट फेरि सञ्चालन गर्ने भएको छ ।

गएको चैत ११ गतेदेखि लकडाउन भएसँगै काठमाण्डौ उपत्यकाका सडक सुनसान भएका थिए । सडकमा गाडी चल्न छोडेपछि ट्राफिक लाइटको प्रयोग पनि बन्द गरिएको थियो । अब लकडाउन खुकुलोसँगै सबै सरकारी कार्यालय खुलेकाले सडकमा गाडीको चाप बढेपछि ट्राफिक लाइट पनि सञ्चालनमा ल्याउन लागेको महाशाखाका प्रवक्ता जीवनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

लकडाउनभर नै बत्ती बन्द भएकाले यसको ब्याट्रीले काम गर्ने नगर्ने टुंगो भने छैन । बत्ती बाल्न प्राविधिकको टोलीलाई बोलाएको र प्राविधिकले जाँच गरेपछि अहिले ८ बजेदेखि नै ट्राफिक लाइट बाल्ने उहाँको भनाइ छ ।

काठमाण्डौ उपत्यकाका सिंहदरबार पश्चिम गेट, बागबजार चोक, पद्यमोदय, नयाँ बानेश्वर चोक, तीनकुनेका तीनै घुम्ती, चक्रपथको महाराजगन्ज चोक, गौशाला चोक, कालिमाटी, पुल्चोक र भक्तपुरको गठ्ठाघर अगाडी ट्राफिक लाइट राखिएको छ । अनलाईन


ताजा समाचार