आजः बुधबार, असार ३१, २०७७

नेपालमा कोरोना सङ्क्रमणको कारण १६ जनाको मृत्यु

अर्घाखाँची – नेपालमा कोरोना सङ्क्रमणको कारण थप एक जनाको मृत्यु भएको छ । अस्पतालबाट फर्कँदै गर्दा ज्यान गुमाउनुभएका अर्घाखाँचीको मालारानी गाउँपालिका ४ का ५७ वर्षीय पुरुषको कोरोना रिपोर्ट पोजिटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक गणेशराज पौडेलले जानकारी दिनुभयो ।

घाँटीको शल्यक्रियासमेत गर्नुभएको उहाँलाई श्वासप्रश्वासमा समस्या आएपछि उपचारको लागि गएको मङ्गलबार जिल्ला अस्पताल सन्धिखर्कले लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाएको थियो ।

अस्पतालले सामान्य उपचारपछि घरमै आराम गर्न सुझाव दिएपछि फर्कँदै गर्नुभएका उहाँको हिजो बाटोमै ज्यान गएको हो । यसअघि १४ दिनदेखि ब्याडापाटाको सार्वजनिक आधारभूत विद्यालयको क्वरेण्टीनमा बस्नुभएका उहाँको गएको शुक्रबार नै पठाइएको नमुना हराएपछि हिजो फेरि स्वाब सङ्कलन गरेर परीक्षण गर्दा कोरोना पोजिटिभ भएको पाइएको हो ।

 

रिपोर्ट नआउँदा हिजोदेखि नै शव रातुको चौरमा बेबारिसे अवस्थामा राखिएको छ ।योसँगै नेपालमा कोरोना सङ्क्रमणको कारण ज्यान गुमाउनेको सङ्ख्या १६ पुगेको छ ।
उज्यालो


ताजा समाचार