आजः बुधबार, असार ३१, २०७७

गर्भवती सहित चारजनाले काेराेना जिते, श्रीमती घर फर्किन, श्रीमान आइसोलेसनमै, बच्चालाइ छाेएन (भिडियाे)

संक्रमितलाई धैर्य रहन र उच्च मनोबल बनाउन आग्रह

दैलेखमा एकै दिन दुई वर्षिय बालकसहित चारजनाले कोरोना जितेका छन् । नारायण नगरपालिका स्थित आइसोलेसनबाट डुंगेश्वर गाउँपालिका १ चुप्राकी २५ वर्षिय महिला, दुल्लु नगरपालिका स्थित छिउडीमा रहेकाे अस्थायी काेराेना अस्पतालबाट दुल्लु नगरपालिका ११ की २३ वर्षीया महिला, उनका २ वर्षीय छोरा र ३० वर्षीया अर्की महिलाले काेराेना जितेर घर फर्किएका छन् ।

दुई साता बढी आइसोलेसनमा बसेका डुंगेश्वरकी महिला उनका श्रीमान र १५ महिने बच्चा संगै थिइन तर बच्चालाइ काेराेना देखिएन, श्रीमान अहिले पनि आइसोलेसनमै छन । ती महिलाले दुई हप्तामै कोरोनालाई जितेकी हुन् । कोरोना नजिता नेगेटिभ आएपछि डिस्चार्ज हुने आमा र छोरालाई नारायण नगरका मेयर रत्नबहादुर खड्का, डा. निरन्जन पन्त, डा.जिना सापकोटा लगायतले टिका र खादा लगाएर बिदाइ गरे । मेयर खड्काले अन्य संक्रमितलाई धैर्य रहन र उच्च मनोबल बनाउन आग्रह गरेका छन् । घर फर्किएपछि समुदायमा सचेतना दूतका रुपमा काम गर्न आग्रह गरिएको छ। डा. पन्तले सन्तुलित आहारविहारलाई जारी राख्न सुझाएका छन् ।

दुल्लु अस्पतालबाट कोरोना मुक्त भएकी महिला र बालकको जेठ १५ गते देखि दुल्लुकाे अस्थायी कोरोना अस्पतालमा उपचार हुँदै आएको थियो । पछिल्लो परीक्षणमा कोरोना नेगेटिभ देखिएकाले उनीहरुलाई घर पठाइएको दुल्लु नगरपालिकाका प्रमुख घनश्याम भण्डारीले जानकारी दिएका छन् । उनले आइसोलेसन रहेका अन्य संक्रमितहरूलाइ पनि याे राेगबाट नडराउन र सरसफाइमा दिएमा छिटै निकाे हुने विश्वास व्यक्त गरेका छन् ।

भिडियाे हेर्न यहाँ क्लिक गर्नुहाेस ।


ताजा समाचार