आजः शनिबार, मंसिर १३, २०७७

प्यारो छ दैलेख यो

हाम्रो सुन्दर स्वच्छ उच्च पहाड भूमी यो, नेपालमै मोहक,
कर्णाली तटको अत्यन्त रसिलो, सम्भावना द्योतक ।
लोहोरे सवको यहाँ जीवन हो , दैलेखको भाग्य यो,
रातो रंगिन त्यो गुरास फूलने, प्यारो छ दैलेख यो ।।१।।

पुरातात्विक सभ्यता मुलुकको , सम्पूर्ण नेपालमा,
सिंजा राज्य यहा निकै सवल थ्यो, वाइस ति राज्यमा ।
भाषाको जननी सगौरव यहाँ, नेपालमै उच्च यो,
पुर्खाको छ कृति धरोहर यहाँ, प्यारो छ दैलेख यो ।।२।।

पौराणिक भूमी सती पतनको, यि पन्चकोशी सवै,
कोटीला अनि त्यो महावु तकको, धार्मिक यो क्षेत्रकै ।
नाभिस्थान अनि धुलेश्वर सवै, श्रीस्थानको क्षेत्र यो,
ऐतिहासिक सम्पदा सव यहाँ, प्यारो छ दैलेख यो ।।३।।

द्वारीको झरना, विशिष्ट भूमिको, विद्युत नौमूलमा,
गाढा ति हरिया पहाडहरु छन्, सेताम्य हिऊँदमा ।
फोरी वग्दछ यो विशाल पहरा, कर्णाली वेगिन्छ यो,
साच्चै स्वर्ग सरी समुन्नत हुँदा, प्यारो छ दैलेख यो ।।४।।

सारा जीवनमा परिश्रम गरि, कालापहाडै तिर,
ल्याउँछन् रुपियाँ, असख्य जनले, निर्वाहको खातिर ।
टाढा दूर पुगे पनि समयले, आम्दानी यस्कै भयो,
वाँच्ने हो कसरी पराई भूमीमा, प्यारो छ दैलेख यो ।।५।।

कोरोना भयले सवै जगत यो, आक्रान्त हुँदो भयो,
दैलेखी जनको पनि नसिवमा, यै दुक्ख पो देखियो ।
हामी वस्न सक्यौँ भने नियममा, जानेछ विपत्ती यो,
जित्नेछौँ सवले मिलेर दुख यो, प्यारो छ दैलेख यो ।।६।।

राम हरि अधिकारी
दोर्दी —१, लमजुङ्ग
हाल कार्यरत— दैलेख


ताजा समाचार