आजः आइतवार, अशोज ४, २०७७

यदि मलाई कोरोना भएछ भने सुरुमा सामाजिक बिकास मन्त्रि र मुख्य मन्त्रिलाई सार्छु : माननिय थापा

अभिषेक अनुराग

दैलेख-  कर्णाली प्रदेशका युवा माननिय शुशिल थापाले अबको एक महिनामै कर्णाली प्रदेश सरकारले कोरोना सम्बन्धमा जनप्रिय काम नगरेमा सरकारबाट गलत्याउने बताएका छन् । दैलेखको क्यारेन्टीन र आइसोलेसन कक्षमा रहेका सम्पुर्ण दैलेखीलाई उतारेर कर्णाली प्रदेश सरकारलाई घेरा हाल्दै प्रदेश सरकारको कार्यकक्षलाई नै आइसोलेसन बनाईदिने रेडियो धुब्रतारा एफ . एम को  कार्यक्रम परीस्थिती बिशेषमा मा कुरा गर्दै उनले सो कुरा बताएका हुन् ।

यस्तो कारोना माहामारीको बेला पनि सामाजिक बिकास मन्त्रि र मुख्य मन्त्रिले कर्णाली बासिको अबस्था बारे धेरै चासो नदिएको उनको आरोप छ । उनले भने यदि मलाई कोरोना भएछ भने सुरुमा सामाजिक बिकास मन्त्रि र मुख्य मन्त्रिलाई सार्छु ।

आफ्नै निर्वाचन क्षेत्र दुल्लु नगरपालिकाका ३५ बर्षका पुरुषको कारोना बाट मृतृ भएपछि उनले आक्रोश पोक्दै भने दैलेख जिल्लाबाट भारतमा जाने अन्य जिल्लाहरुको तुलनामा कर्णाली प्रदेशकै मानिसहरु धेरै भएकाले दैलेख जिल्ला बढि जोखीममा छ । कोरोनाको जोखीम सबैभन्दा बढि दैलेख भएको पटक पटक जानकारी गराउँदा पनि स्वास्थ्य सामाग्री ,व्यवस्थापन र अन्य सहयोगमा दैलेख जिल्लालाई विभेद गरेको माननिय थापाले बताएका छन् ।

उनले दुल्लु नगरपालिकाको खातामा ७० लाख पठाइएको जानकारी गराए । पालिका स्तरीय समिती बनाई कारोना बाट मृतकका छोराछोरीलाई राहात दिने बताए । इन्डियाबाट आउने जिल्ला बासिलाई व्यवस्थित तरीकाले ल्याउनुको साथै क्यारेन्टीनलाई मजबुत बनाउने समेत उनले प्रतिब्द्धता गरे ।


ताजा समाचार