आजः मङ्लबार, साउन २७, २०७७

मुगुमा करेन्ट लागेर एक विद्युत कर्मचारीको मृत्यु 

खड्क सुनार
बैशाख ३१ मुगु

मुगुमा करेन्ट लागेर एक विद्युत कर्मचारीको मृत्यु भएको छ । जिल्लाको उत्तरी भेगमा पर्ने खत्याड गाउपालिका वडा नं ७ का १९ वर्षिय अमर राज रावतको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचारकै क्रममा मंगलवार राति ८ बजे मृत्यु भएको हो ।

विगत डेढ वर्ष देखि नेपाल विद्युत प्राधिकरण गमगाढ बितरण केन्द्रमा कार्यरत करार कर्मचारी रावत लाई मंगलवार बिहान ८ बजे सदरमुकाम गमगढी बजारको न्यरोडमा बिधुत लाइन जडान र मिटरको काम गर्ने क्रममा न्युट्रोलले झट्का दिए पछि रावत लाई उपचारको जिल्ला अस्पताल मुगुमा लिएको थियो भने जिल्ला अस्पताल मुगुमा उपचार सम्मभव नभएपछि रावत लाई जुम्लामा रिफर गरिएको नेपाल विद्युत प्राधिकरण गमगाढ वितरण केन्द्र मुगुले जनाएको छ ।

प्राधिकरणका अनुसार प्रतिष्ठानमा पुगेको २ घण्टा पछि उपचार हुदा हुदै मृत्यु भएको भन्ने खवर आएकाले सम्पुर्ण कर्मचारी शोकमा डुवेको प्राधिकरणका कार्यालय प्रमुख शिवप्रसाद पाण्डेले जानकारी दिनु भयो । प्रमुख पाण्डेले भन्नु भयो उहाँ विद्युत लाईन जडानको लागि करिव ७ मिटर अग्लो खम्वामा रहनु भएको थियो एक्कासी मृतक रावत लाई न्युट्रोलले झट्का दिए पछि उहालाई करेन्ट लागेको पाण्डेले बताउनु भयो ।

मृतक रावत लाई जिल्ला अस्पतालमा चेकजाँच गर्दा टाउँको र मुटुको धड्कनमा समस्या आइ छटपटाइ रहेकाले र जिल्ला अस्पतालमा टाँउको र मुटुको चेक गर्ने अर्थात सिटीस्क्यान उपकरण नभएकोले उहालाई जुम्ला रिफर गरिएकोे डा. डबल बहादुर मल्लले जानकारी दिनु भयो । प्रतिष्ठानका अनुसार पोष्टमार्टम गरिएको छ भने मृतक रावत लाई भोली मात्र दाहसस्कार गरिने जनाईएको छ ।


ताजा समाचार