आजः आइतवार, असार २८, २०७७

दुल्लुमा इन्टरलक इट्टा उत्पादन सुरु

अनलाईन कर्णाली फल्गुन २६

दैलेख -दैलेखको दुल्लु नगरपालिका वडा न. ४ को बारतडीमा इन्टरलक इट्टा को ब्याबसायिक उत्पादन सुरु भएको छ। १० जना को समुहले उत्पादन पुर्ब तालिम लिएर कामको थालनी सुरु गरेका छन । शुभ लक्ष्मी इन्टरलक इट्टा उत्पादन लघुउधमी समुहले कामको थालनी गरेको अध्यक्ष रमेश खड्का ले जानकारी दिए।

दुल्लुनगरपालिकाको समन्वय सेवक दैलेखको आयोजना र उधोग तथा उपभोक्ता संरक्षण हित कार्यलय दैलेखको सहयोगमा मेडपा कार्यक्रम अन्तरगत यो तालिम संचालन भएको हो। तालिम ८ दिन ब्याबसाय प्रबर्द्धन र १५ दिन शिपबिकास गरि दुइ चरणमा सम्पन्न भएको सहजकर्ता राजु बादीले जानकरी दिएका छन।

कार्यक्रम नगरप्रमुख घनश्याम भण्डारीको अध्यक्षतामा सम्पन्न भएको थियो । उधोग बिकास अधिकृत प्रशुराम आचार्य गैर सरकारी सस्था महसङघ दैलेख का अध्यक्ष महारुप खत्री लगायतको उपस्थितिमा तालिम समापन र ब्याबसायिक उत्पादन सुरु गरिएको प्रशिक्षक नगेन्द्र बहादुर खड्काले जानकारी दिए।


ताजा समाचार