आजः मङ्लबार, माघ १३, २०७७

राकममा १ सय शय्याको शिक्षण अस्पताल सहित ‘ट्रमा सेन्टर बन्ने’

?????????????????????????????????????????????????????????

दैलेख ११ ,फागुन । जिल्लाको आठबीस नगरपालिकाको राकममा १ सय शय्याको अस्पतालसहित ‘ट्रमा सेन्टर ’निर्माण हुने भएको छ ।

अस्पताल निर्माण र सञ्चालनका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र आठबीस नगरपालिकाबीच शनिबार सम्झौता भएको छ ।सम्झौता पत्रमा १ सय शैयाको ‘ट्रमा सेन्टरको अस्पताल निर्माणको लागि नगरपालिका र प्रतिष्ठानबिच समन्वयन र सहकार्य हुनुपर्ने बताईएको छ ।’

यस्तै सम्झौता पत्रमा विभिन्न १३ ओटा शर्तहरु उल्लेख गरिएको छ । अस्पताल निर्माण र सञ्चालन हुँदा दुई पक्षबीच शर्तहरुको पालना गर्नुपर्ने गरि सम्झौता भएको छ ।

पत्रमा नगरपालिकाको तर्फबाट नगर–प्रमुख खड्गराज उपाध्याय र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको तर्फबाट प्रतिष्ठानका निर्देशक धर्मराज गोसाईले हस्ताक्षर गरेका छन् ।

पत्रमा दुई पक्षको सम्बन्ध विस्तार हुँदै सहकार्य गर्ने, प्रदेश सरकार र संघीय सरकार सँग समन्वयन गरि दुई पक्षले अस्पताल निर्माण र सञ्चालन गर्ने, सर्वसुलभ विशेषज्ञ सेवाहरु उपलब्ध गराउने उद्देश्यका साथ सम्झौता भएको नगर–प्रमुख खड्गराज उपाध्यायले बताए ।

तत्कालका लागि ‘एक्सरे मेसिन, ल्याव, लगाएतका सामाग्रीहरु र डाक्टरहरुको फिल्ड भत्ताको व्यवस्था नगरपालिकाले गर्ने छ ,’ उपाध्यायले भने ‘प्रतिष्ठानले डाक्टर र तलवको व्यवस्थापन गर्ने छ । अस्पतालको लागत ईष्टमेट नयाँ शहर आयोजनाले गर्ने उपाध्यायले बताए।

उहाँको अनुसार अस्पताल निर्माणका लागि यो पटक डिपीआर गर्ने र त्यसपछि लागतको ईष्टमेट हुने छ । यहाँ शिक्षण अस्पताल निर्माण भई सञ्चालनमा आए अछाम, दैलेख, कालिकोट लगाएत जिल्लाका नागरिकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने अपेक्षा गरिएको बताए ।

विगत देखि काल मार्ग र मृत्युमार्गका रुपमा चिनिएको कर्णाली राजमार्गमा सुविधा सम्पन्न अस्पताल नहुँदा दुर्घटना भए पश्चात अधिकांशले बाटोमै ज्यान गुमाउँदाको पीँडा महशुस भएको हुँदा देश संघीयतामा आउनु अगावै अस्पताल निर्माणको पहल थालिएको र हाल आएर यो पहलले पुर्णता पाएको प्रमुख उपाध्यायले बताए ।


ताजा समाचार