आजः बुधबार, असार ३१, २०७७

‘ह्यारी पोटर’ उपन्यासको शृंखलाबद्ध फिल्म बनेपछि जेके रोलिङ संसारभर प्रसिद्धि

फागुन ७, २०७६

कोलकाता : हलिउडमा ‘ह्यारी पोटर’ उपन्यासको शृंखलाबद्ध फिल्म बनेपछि यसकी लेखिका जेके रोलिङको प्रसिद्धि संसारभर चुलियो। तर यो शृंखलाबद्ध उपन्यासपछि उनी लेखनबाट वि श्रामझैं लिएकी थिइन्।

अब भने उनले लेख‘ह्यारी पोटर’ उपन्यासको शृंखलाबद्ध फिल्म बनेपछि यसकी लेखिका जेके रोलिङको प्रसिद्धि संसारभरनमा पुनरागमन गरेकी छन्।

ब्रिटिस लेखिका रोलिङ पुनः उपन्यास लिएर झुल्किँदै छन्। महत्वपूर्ण कुरा उनको आगामी उपन्यास बंगाली युवक नेत्रप्रसाद शर्माको जीवनमा आधारित छ। उनले २७२ पेजको ड्राफ्ट शर्मालाई पठाएकी छन्। शर्मालाई क्यालिफोर्नियामा फाइनल ड्राफ्टका लागि निम्ता पनि दिएकी छन्।

कोलकातास्थित पापु बस्तीका शर्माले एसईई पनि गर्न नसकेपछि बक्सा टाइगर रिजर्व फरेस्टमा टुर गाइडको काम गर्थे। उनको क्यालिफोर्नियाको यात्राको कडी वर्ष दिनपहिले जोडिएको थियो, जब ६ अमेरिकी छात्राहरूको एक समूह बाघ संरक्षणको यात्रामा आएको थियो।

उनीहरू समूह वन्यजन्तुका बारेमा शर्माको ज्ञानबाट निकै प्रभावित भए। जंगली जनावरका स्थान ट्र्याक गर्ने उनको क्षमता अदभुत थियो। टाइगर रिजर्वको अवलोकनपछि अमेरिकी छात्राहरूले शर्मासँग एक घण्टा कुराकानी गरेका थिए।

केही महिनापहिले शर्मालाई विदेशबाट फोन आयो। फोन गर्नेले आफू लेखिका जेके रोलिङ भएको बताएपछि उनी तीन छक्क परे। रोलिङले आफ्नो आगामी उपन्यासमा उनलाई मुख्य पात्र बनाएर लेख्ने बताएपछि उनी सहमत नहुने कुरै थिएन। दुवैको आगामी जुलाईमा क्यालिफोर्नियामा भेटघाट हुँदैछ। एजेन्सी


ताजा समाचार