आजः बुधबार, असार ३१, २०७७

दैलेखकाे डुङ्गेश्वरमा सांस्कृतिक तथा पर्यटन महोत्सब सुरु

अनलाईन कर्णाली
दैलेख माघ १६


दैलेख जिल्लाको डुङ्गेश्वरमा सांस्कृतिक तथा पर्यटन महोत्सब सुरु भएकोे छ । महोत्सब तीन दिन सम्म सञ्चालन हुने गाउँपालिकाले जनाएको छ । उद्घाटन समारोहका प्रमुख अतिथी दैलेख क्षेत्र नं. १ बाट निर्वाचित कर्णाली प्रदेश सभा सांसद धर्मराज रेग्मीले महोत्सबको उद्घाटन गरे । महोत्सवको उद्घाटन कार्यक्रममा बोल्दै रेग्मीले डुङ्गेश्वर गाउँपालिकाको समृद्धिका लागि जलयातायातको सम्भावना रहेको बताए ।

डुङ्गेश्वर गाउँपालिकाका अध्यक्ष नगेन्द्रबहादुर मल्लले गाउँपालिकामा रहेका स्थानीय कला संस्कृतिको प्रचार–प्रसार र संरक्षण गर्नुका साथै पर्यटकीय क्षेत्रहरूको प्रचार गर्नको लागि महोत्सव संचालन गरिएको जानकारी दिएका छन् । स्थानिय कला संस्कृतको संरक्षण तथा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव संचालन गरिएको गाउँपालिकाले जनाएको छ ।

आफ्नै आयोजना र खर्चमा डुङ्गेश्वर गाउँपालिकाले महोत्सब आयोजना गरेका हो । ‘स्थानिय कला संस्कृतिको संरक्षण गरौँ, डुङ्गेश्वर पर्यटन महोत्सव सफल पारौँ’ भन्ने मुल नाराका पर्यटन महोत्सव २०७६ सञ्चालन गरिएको हो ।

वडा नम्बर ६ का वडाध्यक्ष बमबहादुर बिसीको अध्यक्षतामा उद्घाटन भएको महोत्सबको उद्घाटन कार्यक्रमको सञ्चालन वडा सचिव डण्डप्रसाद न्यौपानेले गरेका थिए । महोत्सब अवधीभर स्थानीय कला संस्कृति र स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरुको प्रस्तुती रहने कला संयोजक एवं वडा नम्बर २ का वडाध्यक्ष राजु के . सि ले जानकारी दिए ।


ताजा समाचार