28 March 2020|   शनिबार, चैत्र १५, २०७६

Category Archives: खेल


काठमाडौ २३, फागुन ।  राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले कोरोना भाइरसका कारण सम्पूर्ण खेल गतिविधि स्थगित गर्ने निर्णय गरेको छ। युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माको अध्यक्षतामा बिहीबार बसेको आपतकालीन बैठकले विश्वभर फैलिँदै गएको कोरोना भाइरसको सम्भावित संक्रमणबाट बच्न खेलकूद प्रतियोगितालगायत सम्पूर्ण कार्यक्रम अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको…


एजेन्सी फागुन १९, २०७६ । लीग कपको उपाधि म्यान्चेष्टर सिटीले जितेको छ। आइतबार राति भएको खेलमा एन्टन भिल्लालाई २–१ गोल अन्तरले पराजित गर्दे सिटीले उपाधि उचाल्यो। सर्जियो अग्युरो र रोड्रीले गोल गर्दै सुरुवातमै सिटीलाई अग्रता दिलाएका थिए। खेलको ३० मिनेटभित्रै सिटीले खेलमा २–० को अग्रता बनाएको थियो। भिल्लाका मबवाना समताले…


फागुन ११, २०७६ बार्सिलोना स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ। शनिबार राति भएको खेलमा बार्सिलोनाले इबरलाई ५–० गोलले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको हो। बार्सिलोनालाई जित दिलाउन कप्तान लियोनल मेस्सीले चार गोल गरे। त्यस्तै अर्थर मेलोले एक गोल गरे। लगातार चार लिग खेलमा गोल गर्न नसकेका मेस्सीले पहिलो…


इलाम १० ,फागुन । स्सहिद स्मारक ए डिभिजन लिगको विजेता मछिन्द्र क्लब लिगकै प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लबलाई हराउँदै सताक्षी गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। उपाधिका लागि मच्छिन्द्रले थ्री स्टार क्लबको सामना गर्नेछ। शिवतसताक्षी नगरपालिकाको झिलझिलेस्थित गणेशमान सिंह अध्ययन प्रतिष्ठानको खेल मैदानमा सम्पन्न दोस्रो सेमिफाइनल खेलमा मछिन्द्रले आर्मीविरुद्ध दुई गरेको थियो।…


हेटौंडा ९, फागुन  । जनता माध्यमिक विद्यालय प्राविधिक शिक्षालयको खेल मैदानमा जारी तेस्रो वाग्मती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। बिहीबार संकटा क्लब काठमाडौंले वीरगंज युनाइटेडलाई टाइब्रेकरमा पराजित गरेसँग सेमिफाइनलको समीकरण पूरा भएको हो। निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि निर्णय टाइब्रेकरमा गरिएको थियो। टाइब्रेकरमा संकटा क्लबका…


एजेन्सी । तेस्रो तथा अन्तिम एकदिवसीयमा पनि श्रीलंकालाई ५ विकेटले पाराजित गरी दशकपछि घरेलु मैदानमा खेलेको पाकिस्तानले शृंखला जितेको छ । पाकिस्तानले पहिलो खेल ६७ रनले जितेको थियो भने दोस्रो खेल वर्षाले रद्ध भएको थियो । कराँचीस्थित राष्ट्रिय रंगशालामा २९८ रनको लक्ष्य पाकिस्तानले १० बल अगावै ५ विकेट गुमाएर भेट्टाएको…


यूईएफए वर्षको पुरुष खेलाडीको घोषणा बिहीबार राति हुँदैछ । यो पटक युरोपको उत्कृष्ट फुटबल बन्ने होडमा तीन जना खेलाडी छन् । बार्सिलोनाका फरवार्ड लियानल मेस्सी र युभेन्टसका स्टार क्रिष्टियानो रोनाल्डो पुरानै अनुहार हुन् । गोल गर्ने खेलाडीहरुको सूचिमा यो पटक गोल बचाउने खेलाडीको नाम समावेश भएको छ । अर्थात् लिभरपुलका…


काठमाडौं । साविकको उपविजेता लिभरपुलले इङ्लिस प्रिमियर लिग फुटबलमा शानदार सुरुवात गरेको छ । सिजनको पहिलो खेलमा नर्विच सिटीमाथि ४–१ को जित निकाल्दै लिभरपुलले लिगको शुरुवात गरेको हो । घरेलु मैदान एनफिल्डमा लिभरपुलले पहिलो हाफमै ४–० को अग्रता बनाएको थियो । दोस्रो हाफमा नर्विच सिटीले एक गोल फर्काएको थियो । नर्विचका ग्रान्ट…


वेस्टइण्डिजका पूर्व कप्तान फ्रांक वरेल एक मात्र यस्ता क्रिकेटर हुन् जसको तस्बिर कुनै देशको नोटमा छापिएकाे थियाे । उनको तस्वीर वेस्ट इण्डिजको बारबाडोसको नोटमा छापिएको थियो । एक मे २००७ मा बारबाडोसले ५ डलरको नोटमा फ्रांकको तस्बिर प्रकाशित गरेको थियो । उनको सम्मानका लागि यस्तो गरिएको जनाइएको छ । विश्व क्रिकेटका महान…


एकदिवसीय विश्वकप क्रिकेटअन्तर्गत बुधबार भएको खेलमा अष्ट्रेलियाले पाकिस्तानलाई ४१ रनले पराजित गरेको थियो । हारपछि पाकिस्तानी क्रिकेट टिमका कप्तान सरफराज अहमदले यदि भारतलाई हराउने हो भने फिल्डिङमा सुधार गर्नुपर्ने बताएका छन् । भारत र पाकिस्तानको बहुप्रतिक्षित खेल आगामी आइतबार अर्थात् जुन १६ मा म्यानचेस्टरको ओल्ड ट्राफोर्डमा हुँदैछ । पाकिस्तानको खराब फिल्डिङका कारण आसिफ…