25 February 2020|   मङ्लबार, फाल्गुन १३, २०७६

Category Archives: कर्णाली न्यूज


दैलेख ११ ,फागुन । जिल्लाको आठबीस नगरपालिकाको राकममा १ सय शय्याको अस्पतालसहित ‘ट्रमा सेन्टर ’निर्माण हुने भएको छ । अस्पताल निर्माण र सञ्चालनका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र आठबीस नगरपालिकाबीच शनिबार सम्झौता भएको छ ।सम्झौता पत्रमा १ सय शैयाको ‘ट्रमा सेन्टरको अस्पताल निर्माणको लागि नगरपालिका र प्रतिष्ठानबिच समन्वयन…


जुम्ला  १०, फागुन । सरकारले गरिरहेको छाउपडी प्रथा उन्मुलनको अभियानलाई सघाउ पुर्‍याउन जुम्लामा छाउपडी प्रथाविरुद्ध महायज्ञ गरिएको छ। जिल्ला प्रशासन कार्यालयले शुक्रबार शिवरात्रिको अवसरमारमा छाउपडी प्रथाविरुद्ध महायज्ञ गरेको हो। प्रशासनले यसअघि गाउँगाउँमा जनचेतनामुलक कार्यक्रम सञ्चालन तथा आठवटै स्थानीय तहमा सद्भावना दुत नियुक्त गरेको थियो। जुम्लामा छाउपडी प्रथालगायत विभिन्न कुरीति अन्त्यका…


सुर्खेत ९,फागुन । सुर्खेतमा एकजना प्राविधिकलाई दुइ लाख घुस रकमसहित अख्तियारको टोलीले रंगेहात पक्राउ गरेको छ । भेरीगंगा नगरपालिकाका खानेपानी प्राविधिक चित्रबहादुर केसीलाई दुईलाख घुस रकमसहित रंगेहात पक्राउ गरेको हो । अख्तियारको टोलीले केसीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतको टोलीले भेरीगंगाको मदाने चौरबाट पक्राउ गरेको सूचना अधिकारी मेघनाथ सापकोटाले जानकारी…


भावना हमाल दैलेख: संघीय गणतन्त्र जनताको सुख सुविधाको लागि आए पनि राम्रो काम हुन नसकेको नारायण नगरपालिकाका नगरप्रमुख रत्नबहादुर खड्काले स्वीकार गरेका छन् । ६९ औं प्रजातन्त्र दिवसको अवसरमा बुधवार दैलेख सदरमुकाममा आयोजित कार्यक्रममा सबैको इमान्दार र सकारात्मक प्रयास अझैं आवश्यक रहेको उनले बताए । जनप्रतिनिधिहरु जनताप्रति उत्तरदायी हुनुपर्ने, स्थायी…


फागुन ७, २०७६ सल्यान : जिल्लाको शारदा नगरपालिका पहिलो बालविवाह मुक्त उन्मुख नगरपालिका घोषणा गरिएको छ। बालविवाहको अवस्थामा सुधार आएपछि नगरपालिकालाई बालविवाह मुक्त उन्मुख नगरपालिका घोषणा गरिएको हो। नगरपालिकाभित्र बालविवाह गर्नेहरुको संख्यामा उल्लेख्य सुधार आएपछि जिल्लाकै पहिलो बालविवाह मुक्त उन्मुख स्थानीय तह घोषणा गरिएको नगरपालिकाले जनाएको छ। नगरपालिकामा बालविवाह न्युनीकरणको…


फागुन १, २०७६ दैलेख ९ बार एसोसिएसन दैलेखमा आज भएको अध्यक्ष पदको मतदानबाट माधवराज अधिकारी निर्वाचित हुनुभएको छ । कुल २० मतदाता रहेकोमा १५ जनाले गरेको मतदानमा अधिकारीले १२ मत प्राप्त गर्नुभयो । शिवराज दाहालले ३ मत पाउनुभएको थियोे । बार एसोसिएसन को १३ सदस्यीय जिल्ला कार्यसमिति पदाधिकारी सर्वसम्मतले चयन…


भावना हमाल माघ २८ कुपोषित बालबालिका लाई सुपोषित बनाउन स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयमसेबिका ले सहयोग गरेका छन्। दैलेखको बसन्तमाला स्वास्थ्य चौकि ना. न. पा.७ किमुगाउँमा महिला स्वास्थ्य स्वयम् सेबिकाले लिटो र स्वास्थ्यकर्मी ले अन्डा सहयोग गरेका हुन । बसन्तमाला स्वास्थ्य चौकि किमुगाउँमा जम्मा बच्चा ६४ मध्ये पुर्ण जोखिममा परेका…


भावना हमाल दैलेख २०७६ माघ २६ बार्षिक उत्सवको अवसर पारेर दैलेख जिल्लाको दुल्लुमा अवस्थित आसाराम हस्पिटल प्रा. ली ले दुईदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ। शिविरमा बालरोग विशेष डाक्टर प्रदिप पौडेल र फिजिसियन डाक्टर संजीव भण्डारीले निःशुल्क स्वास्थ्य जाँच सेवा प्रदान गरेका छन् । शिविरमा मधुमेह, सुगर जाचँ, आवश्यक…


माघ २३ दैलेख पंचकोशी ज्वाला मा बि गमौडि दैलेखको बिधालय ब्यवस्थापन समितीको बैठक सम्पन्न भएको छ । समितीका जेष्ठ सदस्य लाल बहादुर थापाको अध्यक्षतामा बसेको बैठकमा सदस्य नबिन कुमार योगी र राम कुमारी थापालाई मनोनिद गर्दै अध्यक्षमा नबिन कुमार योगीलाई सर्वसम्मतीले निर्णय गरेको छ । कार्यक्रमका प्रमुख अतिथि दुल्लु नगरपालिका…


तीर्थ भण्डारी अनलाईन कर्णाली २२ माघ २०७६, दैलेख कलाकार तथा सञ्चारकर्मी अभिषेक अनुरागले वृद्धाश्रममा रहेका वृद्धवृद्धाहरुसंग आफ्नो जन्मदिन मनाएका छन् । उनले जिल्ला स्थित सरस्वती वृद्धाश्रममा रहेका वृद्धवृद्धाहरुलाई उपहार स्वरुप दराज प्रदान गरेर आफ्नो जन्मदिन मनाएका हुन् । पहिले देखिनै वृद्धाश्रममा सहयोग गर्न खोजिरहेको भएनपनि अवसर नजुरेकोले जन्मदिनको अवसर पारेर…