28 March 2020|   शनिबार, चैत्र १५, २०७६

युवा समाजसेवी युवकले गरे ड्रम र साबुन बितरण

Online Karnali
प्रकाशित मितिः मङ्लबार, चैत्र ११, २०७६       |  


अनलाईन कर्णाली ०११ चैत २०७६

दैलेख –दैलेखको चर्चित रेष्टुरेण्ट “खड्का रेष्टुरेन्ट”का प्रोप्राइटर एंवम् युवा समाज सेवी युवक खड्काले कोरोना भाइरस रोकथामका निमित्त एक दर्जन ड्रम र साबुन बितरण गरेका छन् । उनले नारायण नगरपालिका ७ स्थित बसन्त माला स्वास्थ्य चौकि स्थित बरौता चोक र बिजौराको खौला लगाएतका ठाउँमा सामाग्री बितरण गरेका हुन ।

विश्वव्यापी रुपमा कोरोना भाइरस सक्रमण बढिरहेका बेला दैलेखमा उच्च सर्तकर्ता अपनाइएको छ । भाइरस फैलिन नदिन जिल्ला प्रशासन कार्यलय, स्वास्थ्य कार्यालय, सबै स्थानिय तहहरुले सर्तकर्ता अपनाएका छन् । दैलेख जिल्लाका केहि स्थानमा हेल्थ डेक्स समेत स्थापना गरिएको छ । यसैबिच जिल्लाका युवा समाज सेवी युवक खड्काले पनि निःशुल्क एक दर्जन ड्रम र साबुन बितरण गरेका हुन ।

बितरण कार्यक्रममा ना।न।पा।का नगर प्रमुख रत्न बहादुर खड्काले उक्त कार्यक्रममा समाज अनि देश बनाउने काम युवाको हो र युवा समाज सेवी युवक खड्काले जस्तै कल्याणकारी काम सबै युवाले गर्नुपर्ने बताए । कोरोनाको त्रास फैलिएको बेला चोकमै साबुन पानिले हात धुन पाउँदा निकै खुसी भएको स्थिानिए धनकुमारी गिरीले बताईन ।

Loading...

Have any Question or Comment?

Leave a Reply

Your email address will not be published. Required fields are marked *