28 March 2020|   शनिबार, चैत्र १५, २०७६

भोली देखि देश लकडाउन मान्छे घरभित्रै बस्नुपर्ने, जहाज पनि नचल्ने

Online Karnali
प्रकाशित मितिः सोमवार, चैत्र १०, २०७६       |  


चैत १०, २०७६
काठमाण्डौ – भोली देखि नेपाल लकडाउन हुने भएको छ । कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले देश लकडाउन गर्ने निर्णय गरेको हो ।

मङ्गलबारदेखि सबै नागरिक घरभित्र बस्नुपर्नेछ । सुरक्षा निकाय र एम्बुलेन्स बाहेक अरु गाडी चल्न नपाउने भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले जानकारी दिनुभयो । यो निर्णय आउँदो चैत १८ गतेसम्म लागु हुने भएकोछ ।

मन्त्री नेम्वाङका अनुसार अब आन्तरिक जहाज पनि उड्न पाउने छैनन् । सञ्चारमाध्यमलाई पनि अवरोध हुने छैन ।

Loading...

Have any Question or Comment?

Leave a Reply

Your email address will not be published. Required fields are marked *