28 March 2020|   शनिबार, चैत्र १५, २०७६

३१ महिना देखि ईलाका प्रशासन कार्यालय सहयोगिको भरमा सञ्चालन हुदै

Online Karnali
प्रकाशित मितिः मङ्लबार, चैत्र ४, २०७६       |  


राजकुमार भाम
चैत ०४
मुगु जिल्लाको उत्तरी भेगमा पर्ने सोरुगाँउपालिका अन्तरगत रहेको ईलाका प्रशासन कार्यालय विगत ३१ महिना देखि नै कार्यालय सहयोगिको भरमा सञ्चालन हुदै आएको छ ।  २०७३ साल कार्तिक महिनामा स्थापना भएको ईलाका प्रशासन कार्यालय सोरुकोटमा स्थापना भएको प्रशासन कार्यालय सहयोगिकै भरमा सञ्चालन हुदै आएको हो ।

एक जना अधिकृत नायव सुवा २ जना सहायक कम्यूटर १ जना सहायक लेखापाल १ जना कायालय सहयोगी २ जना गरी ७ जना कर्मचारी सहीतको दरबन्दी रहेता पनि सन्चालन गरीएको ईलाका प्रशासन कार्यालय सोरुमा आझ भोली २ जना कार्यालय सहयोगीले मात्र कार्यालय संरक्षण गरी राखेका छन भने अन्य कार्यालय बाट कुनै पनि सेवा प्रवाह भएका छैनन् ।

सोरुगाउपालिमा रहेका भिई , नार्थपु , फोतु , धैनकोट , कालै , फोतु , सोरुकोट , रुम , गिलाहा , लगाएत दर्जनौ बस्तीका नागरिकहरु लाई नेपाली नागरीकता , राहदानि पाउन बाट बञ्चित भएका छन् भने प्रशासन कार्यालय बाट लिने सेवा २ , ३ दिनको पैदल यात्रा गरेर सदरमुकाम गमगढी बजार धाउनु पर्ने बाध्यता हटेको छैन् ।

स्थानिय जनताहरुले निकै दुख पाउने र आर्थिक हिसाबले बढी खर्च हुने समस्या बाट बच्नको लागी स्थापना गरीएको सोरुकोट ईलाका प्रशासन कायालय मा स्थापना भएको समयमा दिल बहादुर पौडेल ६ महिना काजमा आई सेवा प्रवाह गरेका थिए भने पौडेलको काज फीता भए पछि गृह मन्त्रालयले दो्रसो कुनै पनि अधिकृत नपठाए पछि ईलाका प्रशासन कार्यालय बाट हुने सेवा ३१ महिना सम्म प्रभाबित भएका छन ।

ईलाका प्रशासन कार्यालय तामझाम बाजागाजा गरेर उद्घाटन गरी स्थापना हुदा सोरु गाँउ पालिकाका स्थानिय बासिहरु खुसि भएका थिए । गाँउ बस्ती टोल बाट सेवा लिन पाईने भयो भनेर निकै खुसी भएर सेवा पनि लिई सकेका थिए तर काजमा आएका पौडेलको काज फिता भए पछि ३१ महिना बितिसक्दा पनि कुनै पनि अधिकृत नआए पनि पुरानै शैलिको रुपामा सदरमुकाम गमगढी पुगेर सेवा लिनु परेको हुदा निकै दुख भएको र सबै भन्दा बुढा बुढी, गर्भवती महिला , यूवा युवतिहरुलाई नागरीकता राहदानि बनाउनको लागी निकै गारो भएको सोरु गाँउपालिका वडा नम्बर १ बस्ने नरबिर शाहीले बताए ।
ईलाका प्रशासन कार्यालयमा पुर्न अधिकृत सहितको टिम कार्यालयमा आउर्ने जिल्ला स्थीत राजनैतिक दल र स्थानिय जन प्रतिनिधीहरुले आस पासन मात्र दिएका छन । लाम्रो समय सम्म ईलाका प्रशासन सोरु कोटमा अधिकृत सहति अन्य कर्मचारी नहुदा प्रशान कार्यालय बाट सेवा लिन निकै गारो भएको सन्तानहरुको उमेर पुगे पनि नागरिता पाउनको लागी गमगढी जानुपर्ने खर्च बढीहुने अर्का स्थानिय बासी रुपसिंह नेपालिले बताएका छन ।

अहीले ईलाका प्रशासन कार्यालयका रहेका अन्य नायव सुवा,सहायक लेखापाल,सहायक कम्यूटर सरुवा मिलायर अन्य कार्यालयमा गहि सकेका छन भर्ने ईलाका प्रशासन कार्यालय मा रहेका २ जना कायालय सहयोगीहरु तलब भत्ता पाईरहेका छन भने , कर्मचारी बिहिन भएका १८ बहिना बाट घर बाहाल नियमित रु ८ हजार ८ सयका दरले भाडा तिदै आई रहेको , २ जना कार्यालय सहयोगीहरुले कार्यालय र कार्यालयको भौतिक उपकरण कम्यूटर प्रिन्ट,सोलर लगाएत अन्य सामानको संरक्षण गदौ आई रहेका छन भने ईलाका प्रशासन कार्यालमा कर्मचारी अभावको लागी धेरै पटक गृहमन्त्रालयमा पत्रचार गरी सकेका छै ।

संधियताको असरले ईलाका प्रशासन कायालय भन्दा जिल्ला प्रशासन कार्यालयमा कर्मचारीको अभाव भएको हुदा मँन्त्रालयमा लेखी पठाएको र लोकसेवा कार्यालयमा माग फारम भरी पठाएको प्रमुख जिल्ला अधिकारी कृष्ण कुमार निरैलाले बताए ।
सोरु गाँउपालिका र मुगुमकामारोङ्ग गाँउपालिकामा पनि ईलाका प्रसाशन कायालय नहुदा स्थानिय बासिहरु नागरिता ,राहदानि लगाएत जिल्ला प्रसाशन कार्यालय बाट हुर्ने सेवा लिनको लागी दुई दिन पैदल हिडेर सदरमुकाम गमगढी आउन बाध्य भएका छन ।

Loading...

Have any Question or Comment?

Leave a Reply

Your email address will not be published. Required fields are marked *