28 March 2020|   शनिबार, चैत्र १५, २०७६

पोशाकमै भारतीय प्रहरी दैलेखमा प्रबेश

Online Karnali
प्रकाशित मितिः मङ्लबार, चैत्र ४, २०७६       |  


अनलाईन कर्णाली

०४ चैत २०७६ फाल्गुन

दैलेख – भारतीय प्रहरीले स्थानीय प्रशासन र प्रहरीलाई कुनै पनि जानकारी नदिइ दैलेखमा प्रबेश गरेको छ । उनीहरुले बिहान मात्रै जिल्ला प्रहरी कार्यालयमा आफूहरु दैलेख आएको जानकारी गराएका थिए। भारतीय प्रहरीका सई विजय विवेकको नेतृत्वमा ३ जना प्रहरीसहित ४ जनाको टोली दैलेख आएको हो।

भारतको हरियाणा प्रदेश यमुनानगर जिल्लाबाट तीनजना प्रहरीसहितको चारजनाको टोली दैलेख आएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक उपेन्द्रप्रसाद आचार्यले जानकारी दिए ।


भारतमा काम गर्दै आएका दैलेखका एक युवकले झण्डै ५० लाख रुपैयाँ चोरी गरी फरार भएपछि ती युवकको खोजी गर्न दैलेख आएको भारतीय प्रहरीले दैलेख प्रहरीलाई जानकारी गराएका छन् । भारतीय प्रहरी पोशाक सहित दैलेखमा आइपुगेका छन् ।

उनीहरु सोमबार साँझ दैलेख आएको भएपनि मंगलबार बिहान पोशाकसहित जिल्ला सदरमुकाममा खुलेयाम हिँडिरहेको देखेपछि स्थानीयले बिरोध समेत जनाएका छन् ।

Loading...

Have any Question or Comment?

Leave a Reply

Your email address will not be published. Required fields are marked *