28 March 2020|   शनिबार, चैत्र १५, २०७६

मानवसेवा आश्रममा जन्मदिन

Online Karnali
प्रकाशित मितिः आइतवार, चैत्र २, २०७६       |  

अनलाईन कणाली , चैत २

सुर्खेत – स्वास्थ्यकर्मी तथा युवा समाजसेवी महेन्द्र थापाले मानवसेवा आश्रम सुर्खेतमा गएर आफ्नो जन्मदिन मनाएका छन् । उनले जिल्ला स्थित मानवसेवा आश्रममा रहेका मानिसहरुलाई आर्थिक सहयोग गरी आफ्नो जन्मदिन मनाएका हुन् ।
समाज रूपान्तर गर्न अनि मानब सेवामा टेवा पुराउने हेतुका साथ मानब सेवा आश्रममा रहेका सम्पुर्ण मानिसलाई रू १४००० हजार सहित एक छाक भोजन सेवामा सहयोग गरी आफ्नो जन्मदिन मनाए ।

उनले गत साल पनि जन्मदिनको अबसर पारि सुर्खेतको सिम्ता गाउँपालिकाबाट एक बालिकाको उद्धार गरी सडक सेवाबाट मानब सेवा आश्रममा राखि आफ्नो जन्मदिनमा बालिकाको पनि जन्मदिन मनाएका थिए ।

स्वास्थ्यकर्मी तथा युवा समाजसेवी महेन्द्र थापाले भने आज म धेरै खुशि भएको छु, किन भने समाज अनि राष्ट्र प्रति सहयोग गर्ने र सडक मानव मुक्त राष्ट्र निमार्ण गर्न अबसर मलेको छ । यो अबसर दिने सम्पूर्ण मानव सेवा आश्रमका सस्थापक अध्यक्ष राम्जी अधिकारी लगाएत सम्पूर्ण अभियान्ता साथीहरू लाई हृदय देखि धन्यवाद दिए ।

कर्णाली प्रदेशमा कुनै पनि मानिस एक छाक खाना र एक सरो कपडा बिना बस्न नपर्ने अवस्था सृर्जना  गर्नको लागि २०८२ साल सम्म सडक मानब मुक्त राष्ट्र घोषणा गर्ने अभियानमा जुटिरहेको स्वास्थ्यकर्मी तथा युवा समाजसेवी महेन्द्र थापाले जानकारी दिए ।

Loading...

Have any Question or Comment?

Leave a Reply

Your email address will not be published. Required fields are marked *