28 March 2020|   शनिबार, चैत्र १५, २०७६

सुत्केरी महिलाका बालबालिकालाई ५५ हजार आर्थिक सहयोग

Online Karnali
प्रकाशित मितिः आइतवार, चैत्र २, २०७६       |  


राजकुमार भाम
चैत ०२ मुगु
सुत्केरी भई सकेपछी अत्याधिक रक्तश्राप हुदा उपचारका लागी जिल्ला अस्पताल मुगु ल्याउदै गर्दा बिच बाटोमै ज्यान गुमाएकि सुत्केरी महिलाका बाल बच्चालाई बिदेशमा बस्ने दुई नेपालीले आर्थिक सहयोग गरेका छन ।

अमेरीकामा बस्दै आएकि नेपाली सुबि थापाले ५० हजार र कुबेतमा बस्दै गरेका सुरज मास्केले ५ हजार गरी ५५ हजार आमा गुमाएकि शिशुलाई आर्थिक सहयोग पठाएको भएपनी आमाको दुध खान नपाएर ति शिशुको १४ दिन पछी मृत्यु भएको थियो । ति शिशुको पालन पोषणमा केही सहयोग पुगोस भन्ने ध्यले पठाएको रकम शिशुको मृत्यु भएपछी उक्त रकम मृतक शिशुका दुई दाई र दुई दिदिको पठन पाठनमा सहयोगका लागी उनका बाबु रामबहादुर बिकलाई प्रमुख जिल्ला अधिकारी कृष्णा कुमार निरौलाको रोहबरमा सहयोगि दाताहरुले पठाएको रकम हस्तान्तरण गरिएको हो ।

छायाँनाथ रारा नगरपालिका १० ज्युला गाँउकी २८ बर्षिया धनरुपा विकले पुस २२ गते पाँचौ सन्तानको रुपमा छोरी जन्माएकि थिईन ।
छोरी जन्माएपछी अत्याधिक रक्तश्राप भएको थियो । हिमपातका कारण संचार सेवा अबरुद्ध हुदा समयमै एम्बुलेन्स बोलाउन नसक्दा उपचारकोलागी जिल्ला अस्पातलमा ल्याउदै गर्दा धनरुपाको पुस २३ गते बाटोमै मृत्यु भएको थियो ।

आमाको मृत्यु पछी १४ दिने छोरीलाई गाँइ भैसि र गाँउकि आमाहरुको दुधले १४ दिन सम्म बचाए । आमको दुध खान नपाएर चिसोले गर्दा छोरीको मृत्यु भएको हुन सक्छ । मेरो छोरीलाई बचाउन बिदेशमा दुख गरेर कमाएको पैसा पठाउनु भयो दुबै जनालाई मेरो हृदय देखि नमन छ । तर छोरी बचाउन सकिएन अब अहाँ दुबै जनाले पठाएको रकमले आफना चार जना सन्तानको पढाई खर्च गर्ने छु ।
जेठी छोरी नौ बर्षकि छ कन्छि छोरी ४ बर्ष र दुई छोरा ६ र ७ बर्षका छन त्यो रकम उनिहरुको पढाईमा लगानी गर्ने मृतक धनरुपाका पति रामबहादु बिकले बताए ।
तर १४ दिनमै उनको मृत्यु भएकाले यो रकम उनकै दिदि दाईकालागी खर्च गरुन भन्ने सहयोगि दाताको निर्णयले आमा गुमाएका ति चार भाई बहिनीहरु ठुलो राहत मिल्ने बताए ।

Loading...

Have any Question or Comment?

Leave a Reply

Your email address will not be published. Required fields are marked *