28 March 2020|   शनिबार, चैत्र १५, २०७६

चीनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या दुई हजार भन्दा बढी पुग्यो

Online Karnali
प्रकाशित मितिः बुधबार, फाल्गुन ७, २०७६       |  

एजेन्सी
फागुन ७, २०७६
चीनमा कोरोना भाइरस अर्थात कोभिड–नाइन्टिनको संक्रमणबाट मृत्यु हुनेको संख्या दुई हजार भन्दा बढी पुगेको छ।

                   हुबेई  प्रान्तको वुहान शहरबाट फैलिएको कोरोनाका कारण मृत्यु हुनेको संख्या बढ्दै गएको हुबेई प्रान्तको स्वास्थ्य आयोगले जनाएको छ।

कोरोनाबाट संक्रमित हुनेको संख्या ७५ हजार पुगेको समाचार संस्था सीएनएनले जनाएको छ। चीनमा दुई हजार एक जना र चीनबाहिरका देशमा चार जना गरी ज्यान गुमाउनेको संख्या दुई हजार पाँच पुगेको समाचारमा जनाइएको छ।

चीन बाहिर फिलिपन्स, हङकङ, जापान र फ्रान्समा थप एक÷एक जनाको मृत्यु भएको छ। भाइरस संक्रमणबाट बितेको २४ घण्टामा मात्र १ सय ३२ जनाको मृत्यु भएको छ। केहि दिनदेखि ज्यान गुमाउनेको संख्या घटेको भए पनि हिजो मृत्यु हुनेको संख्या फेरि बढेको हो।

Loading...

Have any Question or Comment?

Leave a Reply

Your email address will not be published. Required fields are marked *